भर्खरै :

राजनीतिक अस्थिरता निम्त्याउनेहरूदेखि सचेत हुन जरुरी

राजनीतिक अस्थिरता निम्त्याउनेहरूदेखि सचेत हुन जरुरी

भक्तपुर, १७ माघ । नेपाल मजदुर किसान पार्टीको ५२ औँ स्थापना दिवसको अवसरमा नेमकिपा भनपा ६ को आयोजनामा कार्यकर्ता भेला भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले सरकारमा गएका पार्टीहरूले जनताको भावनाअनुसार काम नगरेकाले युवा वर्गमा राजनैतिक वितृष्णा भएको र प्रतिक्रियावादीहरूको चलखेल बढेको बताउनुभयो ।
उहाँले नेपालमा अमेरिकी साम्राज्यवादले चीन र भारतलाई आफ्नो अनुकूल बनाउन र प्राकृतिक स्रोत र साधन कब्जा गर्न युवाहरूको भावनालाई उपयोग गरी राजनीतिक अस्थिरता ल्याउने गतिविधि बढाइरहेको बताउनुभयो ।
नेमकिपा नगर समितिका उपाध्यक्ष लक्ष्मीभक्त लासिवाले नेमकिपा स्थापनाको सैद्धान्तिक आधारहरूबारे बताउँदै पार्टीको उद्देश्य देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने हो भन्नुभयो ।
कार्यक्रममा सिद्धिराम अवाल र गणेश श्रेष्ठले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *