भर्खरै :

युवाहरू राजनीतिक रूपमा सचेत हुन आवश्यक

युवाहरू राजनीतिक रूपमा सचेत हुन आवश्यक

भक्तपुर, १७ माघ । नेपाल मजदुर किसान पार्टीको ५२ औँ स्थापना दिवसको अवसरमा नेपाल क्रान्तिकारी युवा सङ्घ साबिक ५ एकाइ समितिले युवा भेला ग¥यो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले युवाहरू देशका उत्तराधिकारी भएकाले राजनीतिक रूपमा शिक्षित र सचेत हुन आवश्यक छ भन्नुभयो ।
उहाँले युवा पुस्तालाई पुँजीवादी दलहरूले राजनीतिक वितृष्णा फैलाउन भूमिका खेलेको र पद, पैसा र लोभलालच देखाएर मतिभ्रष्ट बनाइरहेको बताउनुभयो ।
उहाँले पार्टीले आफ्नो स्थापनाकालदेखि देश र जनताको सेवाबाहेक जनतालाई नोक्सान हुने काम नगरेको बताउनुभयो ।
कार्यक्रममा प्राध्यापक समाजका केन्द्रीय सदस्य राजुभाइ त्यातले युवाहरू क्रियाशील हुनसके जीवनमा पछुटाउन नपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घ साबिक ५ एकाइ समितिका अध्यक्ष राजु बजिक्वंको सभापतित्वमा भएको कार्यक्रममा गणेश श्रेष्ठ र सुमिन सितिखुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *