इतिहास, संस्कृति र पहिचानलाई दस्तावेजीकरण गर्ने ‘ताथली : भूगोलदेखि लोकसंस्कृतिसम्म’ पुस्तक विमोचन
- असार १४, २०८३
बुटवल, १७ माघ । नेपाल मजदुर किसान पार्टीको ५२ औँ स्थापना दिवसको अवसरमा शनिबार भैरहवामा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी रुपन्देहीका अध्यक्ष हरिसुन्दर बासीले २०३१ साल माघ १० गते पार्टी स्थापना भएदेखि नेमकिपाले व्यापक कामदार जनतालाई सचेत र सङ्गठित पार्ने काम गरिरहेको बताउनुभयो ।
चर्को चर्को बोलेर जनतालाई आकर्षित गर्ने र आश्वासनलाई आलोचनात्मक रूपमा विचार नगरी कुद्ने असचेत जनताको कारण नेपाल र नेपाली जनताले दुःख पाइरहेको चर्चा गर्दै अध्यक्ष बासीले कामदारवर्गको नेतृत्वमा सरकार हुने जनताको प्रजातन्त्र स्थापना गर्न नसकेसम्म नेपाली जनताले दुःखबाट मुक्ति नपाउने स्पष्ट पार्नुभयो ।
नयाँ र पुराना शासक दलहरूले आ–आफू प्रधानमन्त्री बन्ने दाबी गरिरहेको बेला नेमकिपाले पहिलाजस्तै प्रखर प्रतिपक्षमा बसेर देश र जनताको सेवा गर्ने उद्घोष गर्दा नेपाली राजनीतिक डबलीमा तरङ्ग उत्पन्न भएको उल्लेख गर्दै उहाँले जनतालाई झुक्याएर धेरै दिन शासन गर्न सक्दैन भन्नुभयो ।
नेक्रायुसङ्घका केन्द्रीय सदस्य एवम् रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार हिमलाल पाण्डे, नेक्राविसङ्घका पूर्वकेन्द्रीय सदस्य एवम् रुपन्देही क्षेत्र नं. ३ का उम्मेदवार सुग्रीम चाई, नेक्रामसङ्घका रुपन्देही अध्यक्ष सुशीला पौडेल र कला ज्ञामीलगायतले नेमकिपाको विधानबारेमा चर्चा गर्नुभयो ।
Leave a Reply