भक्तपुर नगरव्यापी दाफा प्रदर्शनी सम्पन्न, उत्कृष्ट पाँच टोली सम्मानित
- जेष्ठ १६, २०८३
भक्तपुर, १८ माघ । नेपाल मजदुर किसान पार्टी २ नं. वडा समितिको आयोजनामा नेमकिपाको ५२ औँ स्थापना दिवसको अवसरमा शनिबार प्रशिक्षण तथा प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छँे (रोहित) ले स्कूल कलेजमा भूगोल, इतिहाससम्बन्धी कक्षा सञ्चालन आवश्यक भएको उल्लेख गर्दै देश विदेशको घटनाक्रमबारे आपसी छलफल गर्दा राष्ट्रिय र अन्तर्राष्ट्रिय जानकारी हुने बताउनुभयो । उहाँले शिक्षकहरूमा विषयवस्तुको ज्ञान नभए विद्यार्थीमा विचार पोख्न नसक्ने बताउनुभयो ।
विभिन्न साहित्यको अध्ययन विश्लेषण गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले कम्युनिस्ट विचारक माणिकलाल श्रेष्ठ वकिल, विज्ञानका शिक्षक तथा युनिभर्सिटी प्रोफेसर भएकाले उहाँ कम्युनिस्ट विचार र सोको विश्लेषणात्मक रूपमा आफ्नो धारणा राख्न सक्ने व्यक्ति बनेको बताउनुभयो । पार्टीले भक्तपुरमा सुस्ता आन्दोलन, भारतीय एकाधिकार पुँजी र विस्तारवादको विरोध गरेको र किसान आन्दोलनको जगबाटै नेमकिपा स्थापना भएको स्मरण उहाँले गर्नुभयो ।
अध्यक्ष रोहितले भक्तपुरमा अग्रजहरूले शिक्षा, स्वास्थ्य, सरसफाइ तथा सम्पदा संरक्षणमा गरेको योगदान खेर नगएको उल्लेख गर्दै चुनावबाट समाजवाद कहिल्यै आउँदैन भन्नुभयो । उहाँले अमेरिकाले आफ्नो विरोधमा बोल्ने स–साना स्वाधीन राष्ट्रहरूहरूलाई पाइला पाइला गर्दै युद्धमा धकेल्ने र समाप्त गर्ने दाउको विरोध गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका गंगाराम ज्याख्वले शासक दलका नेताहरू आफ्नो देश र समाजको हितमा भन्दा व्यक्तिगत स्वार्थ र दलीय स्वार्थलाई मात्र प्राथमिकता दिँदै देशमा भ्रष्टाचार चरम सीमामा पुगेको बताउँदै आन्दोलनबाट बनेको नयाँ सरकार तथा दलहरूका कारण विदेशी चलखेल बढेको स्पष्ट पार्नुभयो ।
जीपी लासिवाले नेमकिपाले राख्दै आएका जनताका हक अधिकार तथा पार्टी स्थापनाका पृष्ठभूमिबारे प्रकाश पार्नुभयो । गणेशप्रसाद सुवाल, सूर्यनारायण फाजूले पनि पार्टीले सिद्धान्तका आधारमा वर्गीय राजनीति गरिरहेको बताउनुभयो । कार्यक्रम नेमकिपा २ नं. वडा समितिका अध्यक्ष रत्नकाजी नायोभारीको सभापतित्वमा भएको थियो । कार्यक्रममा समितिका उपाध्यक्ष श्यामसुन्दर मातांले पनि बोल्नुभएको थियो ।
Leave a Reply