हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
दैलेख, १८ माघ । नेपाल मजदुर किसान पार्टीको ५२ औँ स्थापना दिवस नेमकिपा दैलेख जिल्ला समितिको आयोजनामा डुङ्गेश्वर गाउँपालिकाको डुङ्गेश्वर बजारमा सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सल्लाहकार सदस्य नर्मा गुरुङले नेमकिपाले लिएको उद्देश्य देश र जनताको पक्षमा रहेको उल्लेख गर्दै ठुला दलका नेताहरूले सरकारको नेतृत्व गरे पनि किसान मजदुरको समस्या पूरा भएको छैन भन्नुभयो ।
नेमकिपा कर्णाली प्रदेश समिति सदस्य उदयजङ शाहीले नेमकिपा स्थापनाको आधारबारे चर्चा गर्दै नेपालको कम्युनिस्ट सिद्धान्तलाई आफूअनुरूप बनाएर कम्युनिस्ट आन्दोलन समाप्त पार्न खोजेको बेला नेमकिपा स्थापना भएको हो भन्नुभयो ।
नेमकिपा दैलेखको १५ औँ जिल्ला सम्मेलन तयारी समितिका संयोजक जगत वलीले तत्कालीन कम्युनिस्ट पार्टीभित्र देखिएको खोटा विचारको खण्डन गर्दै नेमकिपा स्थापना भएको हो भन्नुभयो ।
कानुन अध्ययन समाज नेपालका शिवराज दाहालले कामदार जनताको पक्षमा बोलेको पार्टी हो भन्नुभयो । शिक्षा र स्वास्थ्य तल्लो वर्गको पहुँचसम्म पुग्न नसकेको र सरकारले गरिब किसानलाई वास्ता नगरी हुने खाने वर्गलाई पहुँचमा राखेको कुरा पनि उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेक्राविसङ्घ २२ आँै दैलेख जिल्ला सम्मेलन तयारी समितिका सदस्य बुद्ध रेग्मीले पनि बोल्नुभएको थियो ।
Leave a Reply