गुणस्तर तथा सुनिश्चितता प्रत्यायन प्रक्रियाको लागि गुणस्तर परीक्षण कार्यक्रम
- माघ २१, २०८२
भक्तपुर, १८ माघ । भक्तपुर सिकर्मी सङ्घको आयोजनामा आइतबार नेपाल मजदुर किसान पार्टीको ५२ औँ स्थापना दिवसको अवसरमा प्रवचन कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष उपेन्द्र सुवालले नेपाल मजदुर किसान पार्टी माक्र्सवाद, लेनिनवाद र माओ त्सेतुङ विचारधाराको सिद्धान्त र दर्शनको आधारमा स्थापना भएको कम्युनिस्ट पार्टी हो भन्नुभयो ।
नेपालमा ६२ प्रतिशतसम्म कम्युनिस्टको जित हासिल भए पनि एमालेले काङ्ग्रेसको पथ पछ्याउँदा र आफूलाई ठुलो कम्युनिस्ट पार्टी भन्ने माओवादीले माओ त्सेतुङको विचारधाराकै अवमूल्यन हुने गरी व्यक्तिहत्या, भौतिक संरचना ध्वस्त गर्दा विदेशीको मुख ताक्नुपर्ने स्थिति सृजना भएकोले देशको अवस्था झन्झन् बिग्रँदै गएको बताउनुभयो ।
सङ्घका अध्यक्ष विक्रम ढुकुछुको सभापतित्वमा भएको उक्त कार्यक्रममा सङ्घका उपाध्यक्ष रामसुन्दर सुवाल र सचिव पुण्यराम न्हुछेले पनि बोल्नुभएको थियो ।
Leave a Reply