नीति र नियममा सञ्चालन भएका सहकारी संस्था विश्वसनीय हुने
- जेष्ठ १६, २०८३
भक्तपुर, २० माघ । ट्राफिक प्रहरी कार्यालय चुनदेवी, भक्तपुरको सहयोगमा विद्या आर्जन बोर्डिङ स्कूलमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूका लागि ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।
ट्राफिक नियमको अज्ञानताका कारण मानिसहरू अकालमै ज्यान गुमाउन बाध्य भइरहेको प्रसङ्ग उल्लेख गर्दै उक्त कार्यालयकी इन्स्पेक्टर झरना सोनारले विद्यार्थीहरूले सडक नियम राम्रोसँग जान्नुपर्ने र आफूले सिकेका नियम घरपरिवारका सदस्यहरूलाई पनि जानकारी गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले आफू सडक अनुशासनमा बसे तापनि अरूको गल्तीका कारण दुर्घटनामा पर्नसक्ने सम्भावना रहने भएकोले सबैले सधैँ सचेत रहन अनुरोध गर्नुभयो ।
कार्यक्रममा चेतनामूलक तथा सूचनामूलक चिह्न, ट्राफिक लाइट, मोटरसाइकल चालक तथा पछाडि सवार यात्रुले अनिवार्य रूपमा हेलमेट लगाउनुपर्ने, सवारी साधनमा यात्रा गर्दा सिटबेल्ट बाँध्नुपर्ने, सवारी साधनको झ्यालबाट कुनै पनि अङ्ग बाहिर निकाल्न नहुनेलगायतका विषयमा जानकारी दिइयो । ट्राफिक नियमनसम्बन्धी तालिम लिई ट्राफिक स्वयंसेवकको रूपमा कार्य गर्न विद्यार्थीहरूलाई प्रेरित गरिएको थियो ।
प्रश्न–उत्तर सत्रमार्फत थप जिज्ञासा समाधान भएसँगै विद्यार्थीहरू लाभान्वित भएको र यस्ता सचेतनामूलक कार्यक्रम सबै विद्यालयमा सञ्चालन गर्न उपयुक्त हुने धारणा सहभागी विद्यार्थीहरूले व्यक्त गरेका थिए ।
कार्यक्रमको अन्त्यमा विद्यालयका प्रिन्सिपल पुरुषोत्तम ग्वाछाले कार्यक्रम सहजीकरण गर्नुहुने इन्स्पेक्टर झरना सोनार तथा ट्राफिक प्रहरी यशोदा रोकायालाई विद्यालयको तर्फबाट मायाको चिनो प्रदान गर्नुभएको थियो ।
Leave a Reply