भर्खरै :

ट्रम्पले ग्रिनल्यान्डलाई अमेरिकामा गाभ्न खोज्नुको अर्थ

ट्रम्पले ग्रिनल्यान्डलाई अमेरिकामा गाभ्न खोज्नुको अर्थ

स्पष्ट रूपमा ट्रम्पको ग्रिनल्यान्ड गाथा उनको मनमोहक स्वभावसँग जोडिन्छ । कसैकसैले भन्छन् कि ग्रिनल्यान्डको स्वामित्व लिने उनको चाहना सन् १८०३ मा जेफर्सनले लुइसियाना खरिदका लागि देखाएको इच्छा र नोबेल शान्ति पुरस्कार नपाएको आक्रोशबाट उत्पन्न भएको हो । अरूले तर्क गर्छन् कि उनी प्राकृतिक स्रोत हडप्ने नवसाम्राज्यवादी हुन् । उनको आफ्नै शब्दमा उनको इच्छा केवल उनको ‘आफ्नै नैतिकता’ ले निर्देशित छन् ।
ट्रम्पले आफ्नो पहिलो कार्यकालमा २०१९ मा पहिलोपटक ग्रिनल्यान्ड खरिद गर्ने चाहना व्यक्त गरेका थिए । यो टापु ३०० वर्षदेखि डेनमार्कको अंश रहेको छ । डेनिस र ग्रिनल्यान्ड दुवैले ट्रम्पको प्रस्ताव अस्वीकार गरेका थिए । २०२४ मा अमेरिकी रक्षा मन्त्रालयले आफ्नो आर्कटिक रणनीति जारी ग¥यो, जसमा यस क्षेत्रलाई ‘जनवादी गणतन्त्र चीनको चुनौती’ को एक हिस्साको रूपमा वर्णन गरिएको थियो । मन्त्रालयले ‘निगरानी र प्रतिक्रिया’ दृष्टिकोण अपनाएको थियो । जुन २०२५ मा ट्रम्पले ग्रिनल्यान्डको दायित्व अमेरिकी युरोपेली कमान्डबाट उत्तरी कमान्डमा हस्तान्तरण गरे र यसलाई मातृभूमि रक्षामा एकीकृत गरे ।
गत साता विश्वव्यापी व्यापार र राजनीतिक अभिजात वर्गको वार्षिक सम्मेलन डाभोसमा ग्रिनल्यान्डमाथिको नाटक फेरि मञ्चन भयो । डोनाल्ड ट्रम्पले यो कार्यक्रमलाई प्रभावकारी रूपमा अपहरण गरे र ग्रिनल्यान्डको अधिग्रहणका लागि जोडदार माग गरे । आफ्नो मागको प्रतिरोध गरेकोमा अमेरिकाले आफ्ना युरोपेली व्यापारिक साझेदार र सैन्य सहयोगीमाथि शुल्क बढायो । अन्ततः डाभोस अपमान, धम्की र अवहेलना गर्ने ठाउँ बन्यो । ट्रम्प आफ्नो धम्कीबाट पछि हटे, शुल्क फिर्ता लिए र अमेरिकाले डेनमार्कसँग ‘भविष्यका सम्झौताका लागि एक रूपरेखा’ बनाएको दाबी गरे ।
भूराजनीतिक मुद्दाको रूपमा ग्रिनल्यान्डको उदय जलवायु परिवर्तनको प्रत्यक्ष परिणाम हो । निरन्तर घट्दो बरफका कारण अर्को दशकमा ग्रिनल्यान्डले गर्मीयाममा बरफ गुमाउने अपेक्षा गरिएको छ । यसले भूराजनीतिक र भूआर्थिक तनावलाई तीव्र बनाउनेछ । बरफको पत्र फुट्दै जाँदा ग्रिनल्यान्डले लगभग २८० अर्ब टन बरफ गुमाइरहेको छ ।
१९९६ मा आठ देशले आर्कटिक परिषद् स्थापना गरे । नर्वेमा सचिवालय भएको यस अन्तरसरकारी मञ्चले आर्कटिक देशहरू– क्यानडा, डेनमार्क, फिनल्यान्ड, आइसल्यान्ड, नर्वे, रुस, स्विडेन र संयुक्त राज्य अमेरिकाबिच सहयोग, समन्वय र अन्तत्र्रिmयालाई प्रवद्र्धन गर्न मद्दत ग¥यो । भारत, चीन र जर्मनीसहित अठतीस गैरआर्कटिक देशले पर्यवेक्षकको हैसियत राखेका छन् । तर, हालैका विवादमा परिषद्ले थोरै मात्र बोलेको छ । उल्लेखनीय कुरा के छ भने तनाव अमेरिका र उसका कथित प्रतिद्वन्द्वी, चीन र रुसबिच उत्पन्न भएको छैन, बरु वासिङटन र उसका एट्लान्टिक सहयोगीबिच उत्पन्न भएको छ । यो सङ्कट केही समयदेखि विकसित भइरहेको छ, राष्ट्र सङ्घले ‘अन्तर्राष्ट्रिय कानुनको शासन’, सार्वभौमिकता र संयुक्त राष्ट्र प्रणालीको समर्थन गरिरहेको छ, जबकि अमेरिकाले प्रभुत्व । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले भनेझैँ अमेरिकी मनोवृत्तिले ‘सङ्क्रमण होइन, विच्छेद’ निम्त्याएको छ ।
रणनीतिक महत्व
जब तपाईं उत्तरी ध्रुवमा केन्द्रित विश्वलाई हेर्नुहुन्छ, तब मात्र तपाईंले यस क्षेत्रको रणनीतिक महत्वलाई बुझ्नुहुन्छ । क्यानडा र रुस दुई छेउमा आर्कटिकको किनारमा छन् भने नर्वे तिनीहरूको साथमा छ । तिनीहरूबिच आइसल्यान्ड र ग्रिनल्यान्ड छन् । क्षेप्यास्त्र युग र शीतयुद्धदेखि यो रुसी र अमेरिकी क्षेप्यास्त्र एक–अर्कालाई लक्षित गर्ने सबैभन्दा छोटो मार्गको रूपमा हेरिएको छ । ट्रम्पले ग्रिनल्यान्डलाई रणनीतिक रूपमा महत्वपूर्ण मान्नुको कारण पनि यही हो ।
काल्पनिक युद्धमा ग्रिनल्यान्ड रुस, चीन र संयुक्त राज्य अमेरिकाबिच यात्रा गर्ने क्षेप्यास्त्रको उडान मार्गमा स्पष्ट रूपमा रहनेछ । ट्रम्पले तर्क गर्छन् कि ग्रिनल्यान्ड उनको प्रस्तावित ‘गोल्डेन डोम’ क्षेप्यास्त्र रक्षा योजनाका लागि महत्वपूर्ण हुनेछ, जुन उनले २०२९ सम्ममा सञ्चालन हुने दाबी गर्छन् । ‘गोल्डेन डोम र आधुनिक समयमा हतियार प्रणाली, आक्रामक र रक्षात्मक दृष्टिले महत्वपूर्ण,’ ट्रम्पले जनवरी २२ मा आफ्नो ट्रुथ सोसल पोस्टमा भने ।
अमेरिकाले पहिले नै यस क्षेत्रमा रहेको एक मात्र आधार पिटुफिकमा सञ्चालन गरिरहेको छ, जुन १९५१ मा स्थापित भएको थियो । पिटुफिक आज महत्वपूर्ण छ, तर भोलि अमेरिका मिसाइल प्रक्षेपण पत्ता लगाउन अन्तरिक्षमा आधारित सेन्सरमा बढ्दो रूपमा भर पर्नेछ । ग्रिनल्यान्ड अझै पनि इन्टरसेप्टर मिसाइल राख्नका लागि उपयोगी हुन सक्छ र ट्रम्पको तर्क छ कि ‘अत्यधिक जटिल प्रणाली’ त्यतिबेला काम गर्छ, जतिबेला ‘यो भूमि अमेरिकामा मिसाइन्छ ।’ तैपनि, ग्रिनल्यान्डमा अमेरिकाले आफ्नो सुविधा विस्तार गर्न कुनै प्रतिबन्ध छैनन् र डेनमार्क एक नेटो सदस्य हो ।
खनिजले भरिपूर्ण
ग्रिनल्यान्ड तेल र प्राकृतिक ग्यासको ठुलो भण्डारमाथि रहेको विश्वास गरिन्छ, यद्यपि अहिलेसम्म कुनै व्यावसायिक निकासी भएको छैन । यसमा ग्रेफाइट, टर्बियम, नियोडिमियम, डिस्प्रोसियम, नियोबियम र टाइटेनियमको महत्वपूर्ण भण्डार पनि छ । ट्रम्पले यी खनिज स्रोतलाई औँल्याएका छन्, यद्यपि डाभोसमा उनले दाबी गरे कि उनी खनिजमा रुचि राख्दैनन् । उनको भनाइमा खनिज स्रोत उत्खनन गर्न बरफबाट २५ फिट तल जानुपर्छ । वास्तविकतामा ग्रिनल्यान्डको खनिजहरूको शोषण गर्न खोज्ने कम्पनीमा कुनै प्रतिबन्ध छैन र टापु अमेरिकी लगानीका लागि खुला छ ।
२०२२ मा राष्ट्रपति जो बाइडेनको नेतृत्वमा अमेरिकाले रणनीतिक खनिज आपूर्ति शृङ्खला निर्माण र वित्तपोषण गर्न १४ देशको गठबन्धनसँग खनिज सुरक्षा साझेदारी स्थापना ग¥यो । यसमा भारत र अस्ट्रेलिया तथा फिनल्यान्ड, नर्वे र स्विडेनजस्ता नर्डिक देश साथै युरोपेली आयोग समावेश छन् ।
(जोशी दिल्लीस्थित अब्जर्भर रिसर्च फाउन्डेसनका अनुसन्धानकर्ता हुन् ।)
– द वायरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *