भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
भक्तपुर, २१ माघ । नेपाल मजदुर किसान पार्टी भक्तपुर नगरपालिका वडा नं ३ एकाइ समितिको आयोजनामा मङ्गलबार कार्यकर्ता भेला भयो ।
भेलामा नेमकिपा भक्तपुर जिल्ला अध्यक्ष सुरेन्द्रराज गोसाईले देश र जनताको इमानदारीपूर्वक सेवा गरेकै कारण कामदार जनताको मन जित्न नेमकिपा सफल भएको बताउनुभयो ।
नेमकिपाले देशका महत्वपूर्ण प्रजातान्त्रिक आन्दोलन र राजनीतिक सङ्घर्षमा बेजोड भूमिका निर्वाह गर्दै आइरहेको उल्लेख गर्दै उहाँले पद र पैसा कहिल्यै प्राथमिकतामा नपरेको प्रस्ट पार्नुभयो ।
क्रान्तिकारी संसद्वादको नीतिबमोजिम नेमकिपाले पँुजीवादी संसद्मा गएर शासक दलहरूसँग सङ्घर्ष चालू राख्दै आइरहेको उहाले बताउनुभयो ।
भेलामा पार्टी नगर प्रतिनिधि पुरुषोत्तम तमखू, स्थानीय कार्यकर्ताहरू रामसुन्दर खाताख्व, रामकृष्ण त्वायना, राजु अवालले बोल्नुभएको थियो ।
सोही भेलाले रामसुन्दर खाताख्वको अध्यक्षतामा वडा निर्वाचन परिचालन समिति गठन ग¥यो ।
Leave a Reply