भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
भक्तपुर, २१ माघ । नेपाल मजदुर किसान पार्टीको स्थापना दिवस सोमबार सूर्यविनायक नपा ४ दधिकोटमा सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेमकिपा भक्तपुरका जिल्ला सदस्य रमेश वैद्यले पार्टीले देश र जनताको निःस्वार्थ सेवा गर्न नेता तथा कार्यकर्तालाई उत्प्रेरित गरिरहेको चर्चा गर्दै साम्राज्यवादी र विस्तारवादी शक्तिबाट परिचालित शक्तिको उदयले देशै नरहनेतर्फ सबै सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
देशलाई आत्मनिर्भर बनाउन कृषि उत्पादन, उद्योग सञ्चालनमा जोड दिनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले युवालाई देशभित्रै रोजगारीको बन्दोबस्त गर्नुपर्ने बताउनुभयो ।
नेमकिपा सूर्यविनायकका महेन्द्र बखुन्छेँले नेपालको कम्युनिस्ट पार्टीभित्र देखिएको सैद्धान्तिक र विचलन र संशोधनवादी नीतिकै कारण पार्टी स्थापना भएको उल्लेख गर्दै नेमकिपा सिद्धान्तमा अडिग छ; पद र कुर्सीमा भुलेको छैन भन्नुभयो ।
सत्ता भागबन्डाको राजनीतिले देशमा अस्थिरता निम्तिरहेको चर्चा गर्दै उहाँले नेमकिपा समाजवादी प्रचार अभियानमा रहेको बताउनुभयो ।
नेक्राकिसङ्घ भजिसका राजेन्द्र बखुन्छेँले विगतमा भएको किसान आन्दोलनबारे प्रकाश पार्नुभयो ।
कार्यक्रममा गंगालाल हाकजु, सुरेन्द्र था श्रेष्ठ र महेश श्रेष्ठलगायतले बोल्नुभएको थियो ।
Leave a Reply