अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
काठमाडौँ, २३ माघ । नेपाल मजदुर किसान पार्टी काठमाडौँ जिल्ला समितिको आयोजनामा शुक्रबार ‘प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ उम्मेदवार प्रशिक्षण’ कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भन्नुभयो, “नपाली जनताबाट जहानियाँ निरङ्कुश शासनको विरोध भएपछि सामन्त र पुँजीपतिवर्गले माटो सुहाउँदो भन्दै स्थापना गरेको निर्दलीय पञ्चायती सरकारबाट देश र जनताको सेवा नभएपछि पुँजीपतिवर्गले पञ्चायती व्यवस्था फालेर बहुदलीय प्रजातन्त्रको नाममा देश र जनतामाथि शासन र शोषण ग¥यो । यो व्यवस्थामा नेका, एमाले, माओवादी, रास्वपा, राप्रपासमेत प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्री भए तर देश र जनताको सेवा भएन । गत भदौ २३ र २४ गतेको नयाँ पुस्ताको आन्दोलनमा घुसपैठ र आगजनी भएपछि विस्तारवाद र साम्राज्यवादका दलालहरू ‘नयाँ’ को नाममा निर्वाचन जितेर प्रधानमन्त्री र मन्त्री हुने तयारीमा छन् ।”
उही संविधानअनुसार सरकारमा प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्री भएकाहरूको दल र नेता फरक भए पनि काम एउटै भएको उल्लेख गर्दै सचिव सुवालले पुँजीवादी व्यवस्थामा पुँजीपतिवर्गले थाकेको घोडा फेर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “संसद् देशको नीति र कार्यक्रम बनाउने, बजेट र विधेयक पारित गर्ने, विदेशसँगको सन्धिसम्झौताबारे छलफल गर्ने एक प्राज्ञिक थलो हो । सडक, पुल, घोडेटो–गोरेटो बनाउने काम स्थानीय पालिकाको हो ।”
“संसद्मा देशको सन्तुलित विकासलगायत जनताको शिक्षा–स्वास्थ्य, रोजगारीबारे छलफल हुन्छ । युवालाई वैदेशिक रोजगारीमा पठाएर दाल, चामल, तरकारी, फलफूल सबै विदेशबाट किन्ने सरकारहरूको आलोचना गर्ने र फाल्ने काम संसद्को हो । नेपाल मजदुर किसान पार्टीका प्रतिनिधिहरूले संसद्मा पुगेर यही कर्तव्य निर्वाह गर्नुभएको हो” सचिव सुवालले उल्लेख गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टीको मत देशैभरि नबढेसम्म सुन्दर भविष्य, नयाँ युगको सुरुआत, स्थिर सरकार, सुशासन, लोकतन्त्रको जीत नहुने उल्लेख गर्दै उहाँले लोकतन्त्र वा प्रजातन्त्र भनेको जीवन पद्धति, आर्थिक समानता र सामाजिक न्याय रहेको बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् काठमाडौँ जिल्ला समितिका अध्यक्ष नारायण महर्जनले यो निर्वाचनमार्फत जनताको प्रजातन्त्र, समाजवाद हुँदै साम्यवादसम्म पुग्ने नेपाल मजदुर किसान पार्टीको विचार जनतामाझ पु¥याउन सबै कार्यकर्ता लाग्नु जरुरी रहेको बताउनुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य राजवीर डङ्गोलले शासक दलहरूले आचारसंहिता उल्लङ्घन गरी जनताको मत प्रभावित पार्ने गलत बाटो अपनाएकोबारे नेपाल मजदुर किसान पार्टीका कार्यकर्ता सचेत भई जनतासामु उनीहरूको गलत गतिविधि उदाङ्ग्याउन लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा नेमकिपा काठमाडौँ जिल्ला समितिका शैलेश डङ्गोलले पनि बोल्नुभएको थियो ।
Leave a Reply