भर्खरै :

बाल विकासमा चिनियाँ नयाँ वर्षको अवसरमा सांस्कृतिक कार्यक्रम

बाल विकासमा चिनियाँ नयाँ वर्षको अवसरमा सांस्कृतिक कार्यक्रम

भक्तपुर, २३ माघ । चिनियाँ नयाँ वर्ष तथा वसन्त पर्वको अवसरमा बाल विकास सेकेन्डरी स्कूल लिबालीमा शुक्रबार सांस्कृतिक कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा विद्यालयका प्रिन्सिपल सुरेन्द्रराज गोसाईले भाषा र संस्कृति मानव सभ्यताका अनुपम उपहार भएको बताउँदै भाषाले संसारका मानिसलाई एकताको सूत्रमा बाँध्ने धारणा राख्नुभयो ।
उहाँले नेपाल र चीनबिच सदिऔँदेखि मित्रता रहेको कुरा उल्लेख गर्दै भाषा र संस्कृतिको आदान–प्रदानले यो सम्बन्धलाई जनस्तरमा पु¥याउने विचार व्यक्त गर्नुभयो ।
अहिलेको समयमा जति धेरै भाषाको ज्ञान राख्न सक्यो त्यति नै संसार बुझ्न सजिलो हुने भएकाले अभिभावकहरूले आफ्ना नानीबाबुहरूलाई मातृभाषाका साथै अन्य भाषाहरू सिक्न प्रेरित गर्नुपर्ने कुरामा उहाँले जोड दिनुभयो ।
उक्त अवसरमा काठमाडौँ विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटका चिनियाँ भाषाका प्राध्यापक जाङ होई वेले चिनियाँ संस्कृतिको इतिहास धेरै लामो रहेको उल्लेख गर्दै उक्त कार्यक्रम चिनियाँ संस्कृतिलाई चियाउने सानो आँखीझ्याल हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले चिनियाँ नयाँ वर्षले पारिवारिक पुनर्मिलन गराउनुका साथै नयाँ र सुन्दर आशा जगाउने बताउनुभयो । नेपाल–चीन पहाड र नदीले जोडिएका र हजारौँ वर्षको मित्रता बोकेका असल छिमेकी भएको विचार व्यक्त गर्दै उहाँले नेपालमा पछिल्लो समय देखापरेको चिनियाँ भाषाप्रतिको आकर्षणले दुई देशबिचको सांस्कृतिक एकतामा झन् बल पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले दसौँ वर्षदेखि बाल विकासले भक्तपुर चिनियाँ भाषा सिकाइमा देखाएको अग्रसरताको लागि विद्यालयलाई आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली अन्तर्राष्ट्रिय चिनियाँ भाषा शिक्षा स्वयम्सेवक कार्यालयका प्रमुख याङ नियानले चिनियाँ भाषाको अध्ययनले चिनियाँ भाषा, सभ्यता, संस्कृति तथा चीनको भूगोल बुझ्न सहयोग पु¥याउने तथा दुई देशको मित्रतालाई अझ प्रगाढ बनाउने धारणा राख्नुभयो ।
उहाँले यो नयाँ वर्ष घोडा वर्ष भएको बताउँदै नयाँ वर्षमा विद्यार्थीहरू साना घोडाजस्तै स्वस्थ र सकारात्मक भएर अघि बढ्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा चिनियाँ भाषा शिक्षिकाद्वय फाङ होङ र तनाले पनि शुभकामना व्यक्त गर्नुभएको थियो ।
उक्त अवसरमा कक्षा २ देखि ७ सम्मका करिब आठ सय विद्यार्थीले चिनियाँ गीत तथा भाषामा नृत्य तथा अन्य सांस्कृतिक प्रस्तुति राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *