भर्खरै :

“संसदीय व्यवस्थामा बलियो प्रतिपक्ष हुनुपर्ने संवैधानिक व्यवस्था हो”

“संसदीय व्यवस्थामा बलियो प्रतिपक्ष हुनुपर्ने संवैधानिक व्यवस्था हो”

भक्तपुर, २४ माघ । नेपाल मजदुर किसान पार्टी ताथली वडा नं. ९ समितिको आयोजनामा शनिबार पार्टीको ५२ औँ स्थापना दिवस मनाइयो ।
पार्टीका सचिव प्रेम सुवालको आतिथ्यमा भएको उक्त कार्यक्रममा सचिव सुवालले भन्नुभयो, “संसदीय व्यवस्थामा बलियो प्रतिपक्ष हुनुपर्ने संवैधानिक व्यवस्था हो । नेपालमा संवैधानिक परिषद्मा प्रमुख प्रतिपक्ष नेता पनि सदस्य हुने व्यवस्था छ । तर, कम्युनिस्ट दाबी गरेकाहरू समेत सिद्धान्तहीन निर्वाचन मोर्चा र सत्ता गठबन्धनमार्फत पुँजीवादी सरकारको भागबन्डामा लागेको तथा प्रमुख प्रतिपक्षको भूमिका प्रभावकारी रूपमा नगरेको प्रस्ट छ ।”
राष्ट्रिय मानव अधिकार आयोगका अनुसार सरकारमा गएका दलहरूले जनताको समस्या समयमै समाधान नगरेको र सम्भावित उपद्रवबारे पूर्वानुमान गर्न नसकेको हुँदा भदौ २३ र २४ गतेको घटना भएको उल्लेख गर्दै उहाँले अमेरिकीहरूले नै एमईडी र आईआरआईजस्ता अन्तर्राष्ट्रिय संस्थाहरूमार्फत पैसा पठाएर नेपालमा उपद्रव गराइएको उल्लेख गरिसकेका छन् भन्नुभयो ।”
सचिव सुवालले भन्नुभयो, “संसद् नीति, कार्यक्रम, बजेट, विधेयक, सन्धिसम्झौताबारे छलफल हुने थलो हो । शासक दलहरूले सरकार भागबन्डाको थलो बनाए । नेमकिपाका उम्मेदवारहरू देशैभरि जितेको खण्डमा मात्र सुन्दर भविष्य, नयाँ युगको सुरूआत, सुशासन र प्रजातन्त्रको जित हुने ढोका खोल्नेछ ।”
उहाँले अगाडि भन्नुभयो, “यसअघि प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्री भएकाहरूका दलहरूले निर्वाचन जितेमा देशमा स्थिरता कायम हुनेछैन; भ्रष्टाचार यथावत रहनेछ ।”
कार्यक्रममा नेमकिपा जिल्ला समितिका सचिव पाण्डव सुवाल, चानपा वडा नं. ९ का वडाध्यक्ष गणेश त्यात, समितिका अध्यक्ष राजाराम छुकां र रवीन्द्र बासुकलाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *