भर्खरै :

एक भोट

एक भोट

लाइन छिट्टै सर्याे । उसका औँलामा मसी अझै लागेको थिएन तर दिमागमा धेरै कुरा थिए । उसको मोबाइल स्क्रिनमा स्टोरीहरू बगिरहेका थिए, “यस पटक परिवर्तन ।” “अब पुराना हुँदैनन् ।” “अब माथि पु¥याउनुपर्ने एक जना छ ।”
ऊ पनि त्यही सपना देखेर यहाँ आएको हो तर त्यो सपना यहाँको उम्मेदवार होइन । मतपत्र हातमा आयो । उसले नाम खोजेन, चिह्न पनि खोजेन । उसले अनुहार खोज्यो, जसले काम गरेको होस्, जसले झूट कम बोलेको होस्, जसको जितले उसलाई लाज नलागोस् । लाइनको अर्को युवाले भन्यो, “जे भए पनि नयाँलाई हाल्ने हो ।”
उसले हल्का स्वरमा भन्यो, “नयाँ हुँदैमा सबै ठीक हुने होइन न त पुराना सबै गलत हुन्छन् ।” “माथि पुग्ने सपना साँचो बनाउने हो भने तलबाट नै सही मान्छे पठाउनुपर्छ ।” भन्दै भिडले रोजेभन्दा पर आफूले रोजेर छाप लगायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *