“भक्तपुर काण्ड पञ्चायती राज्य षड्यन्त्र नै थियो”
- भाद्र २४, २०८३
भक्तपुर, २४ माघ । नेपाल मजदुर किसान पार्टीको ५२ औँँ स्थापना दिवसको अवसरमा नेमकिपा भनपा १० वडा समितिको आयोजनामा नगरव्यापी प्रगतिशील गीत प्रतियोेगिता शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले नेमकिपाले किसानहरूको हितको लागि गरेको भर्पाई आन्दोलन, बाली काट्ने आन्दोलन, मोहियानी हक आन्दोलन र भ्रष्टाचारविरोधी आन्दोलनबारे जानकारी दिनुभयो ।
सुस्ता बचाउ आन्दोलन, भ्रष्टाचारविरोधी आन्दोलनहरूमा सहभागी हुने र सङ्घर्ष गर्ने मजदुर किसान कार्यकर्ताहरू यसै स्थानमा भएकाले यस्ता दुःख र पुराना सङ्घर्षका कुराहरू बिर्सनु नहुने उल्लेख गर्दै उहाँले नेमकिपाको स्थापना दिवस मनाउनुको औचित्यताबारे चर्चा गर्नुभयो ।
उहाँले भन्नुभयो, “भक्तपुरका पाटीपाटीमा पुस्तकालय, वाचनालय र विद्यालयहरू सञ्चालन गरी जनतालाई शिक्षा दिएर त्यस्ता पाटीमा पढेका विद्यार्थीहरू नै आज शिक्षक भइरहेका छन् ।”
नेपालभरिका जनतालाई नेमकिपाको सिद्धान्त, विचार र सङ्घर्षबारे बताउनुपर्ने उल्लेख गर्दै केन्द्रीय सदस्य गोसाईले सहकारी ठगी गरेर जेल परेका र मुद्दा परेका नयाँ पार्टीका नेताहरू नायक बनाउन लायक नभएको स्पष्ट पार्नुभयो ।
पद र पैसाको निम्ति राजनीति गर्ने पार्टीहरूको पछाडि नलाग्न जनतालाई अनुरोध गर्दै उहाँले देश र जनताको निःस्वार्थ सेवा गर्ने नेमकिपालाई निर्वाचनमा विजय गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सृजना सैँजूले नेमकिपाको राजनीति कामदार जनताको पक्षमा हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भन्नुभएको छ – ‘देश र जनताको सेवाबाहेक हाम्रो कुनै स्वार्थ छैन । हामी अन्तिम दमसम्म इमानदारीपूर्वक देशको निम्ति लड्छौँ ।’ यो केवल भनाइ होइन, पार्टीको व्यवहार हो, आदर्श हो ।”
नेपाली भूमि सुस्तामा भारतले सीमा अतिक्रमण गर्दा पहिलो पटक ‘भारतीय विस्तारवाद मुर्दावाद, सुस्ता हाम्रै हो’ भनी
आवाज उठाउने पार्टी नेमकिपा भएको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “आज पनि दक्षिणी सिमानामा अतिक्रमण उस्तै छ । देशको अर्थतन्त्र, सम्पत्ति, खोलानाला, कलकारखाना भारतलाई सुम्पने शासक दलसँग पनि हामीले लामो सङ्घर्ष ग¥यौँ ।”
उहाँले भन्नुभयो, “नेमकिपाको इतिहास साम्राज्यवादविरोधी सङ्घर्षको इतिहास पनि हो । आज साम्राज्यवादी शक्तिले नेपालमा पनि उपद्रो गर्दै छ । एमसीसीको र एसपीपी सम्झौता देशघाती भएकोले नेमकिपाले यसको विरोध गरेको हो । भदौ २३–२४ को विध्वंश भएकोे पुष्टि हुँदै छ ।”
उहाँले भन्नुभयो, “नेमकिपा संसारको कुनै पनि कुनामा भएको अन्याय, युद्ध, हमलाको विरोध गर्छ । नेपाललाई नेपाली लेण्डुप दोर्जे र जेलेन्स्कीहरूबाट जोगाउन नेमकिपा लडिरहन्छ ।”
नेमकिपाको परिचय नै सिद्धान्तनिष्ठता, राजनीतिक संस्कार, राजनीतिक नैतिकता, देशभक्तिको भावना र इमानदारी रहेको उहाँले बताउनुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका प्रतिनिधि गंगाराम ज्याख्वले नेमकिपाले किसान आन्दोलन, भर्पाई आन्दोलन, भ्रष्टाचारविरोधी आन्दोलन तथा साम्राज्यवाद र विस्तारवादविरूद्ध निरन्तर सङ्घर्ष गरिरहेको उल्लेख गर्दै कामदारवर्गको शासन ल्याउन जनतालाई राजनीतिकरूपमा सचेत र सङ्गठित गर्नुपर्ने बताउनुभयो ।
कम्युनिस्ट नामधारी दलहरूले कम्युनिस्टको सिद्धान्त र विचारविपरीत पुुँँजीपतिवर्गको पक्षमा काम गरेको उल्लेख गर्दै उहाँले पुँजीपतिवर्गको दबाब र अन्यायविरूद्ध एकजुत भएर आवाज उठाउनुपर्ने बताउनुभयो ।
प्रतियोगिता निर्णायकमण्डलका संयोजक चन्द्रबहादुर उलकले राजामहाराजा, देवीदेवता, मायाप्रेमसम्बन्धी गीतहरू प्रगतिशील गीत नभएको उल्लेख गर्दै कामगरी खाने वर्गको वास्तविक पीडा र सङ्घर्षलाई लक्षित गरी बनाएका गीतहरू नै प्रगतिशील गीत/साहित्य भएको बताउनुभयो ।
उहाँले संसारमा धनी र गरिब दुई वर्गको शासन सत्ता हुने र गरिब जनताको सेवा गर्ने शासन ल्याउन नेमकिपा सङ्घर्षरत रहेको बताउनुभयो ।
चन्द्रबहादुर उलक, दामोदर सुवाल, आशाकुमार चिकंबञ्जार, पूर्णबहादुर माक, बद्रीनारायण ताम्राकार, पुुरूषोत्तम सुवाल र रमेश सुवालले प्रतियोगितामा निर्णायकमण्डलको भूमिका निर्वाह गर्नुभएको थियो ।
२३ वटा टोलीले भाग लिएको सो प्रतियोगितामा वागीश्वरी मा. वि. भनपा ९ प्रथम, कमिचागल्ली दिदी बहिनी समूह भनपा ९ द्वितीय, जेन्युइन सेकेन्डरी स्कूल भनपा १० तृतीय र जेँला सांस्कृतिक समाज सान्त्वना हुन सफल भएको थियो ।
प्रथम पुरस्कार राशी रु. १५ हजार, द्वितीय पुरस्कार राशी रु. १० हजार, तृतीय पुरस्कार राशी रु. ५ हजार र सान्त्वना पुरस्कार राशी रु. ३ हजार प्रदान गरिएको उक्त कार्यक्रममा सहभागी टोलीहरूलाई अतिथि सुरेन्द्रराज गोसाईले प्रमाणपत्र र मायाको चिनो प्रदान गर्नुभएको थियो ।
नेमकिपा भनपा १० वडा समितिका अध्यक्ष लक्ष्मीप्रसाद चवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा रामलक्ष्मी दुवाल, उद्धव कोण्डा र श्रीया पहिजुले पनि बोल्नुभएको थियो
Leave a Reply