नीति र नियममा सञ्चालन भएका सहकारी संस्था विश्वसनीय हुने
- जेष्ठ १६, २०८३
कैलाली, २५ माघ । नेपाल मजदुर किसान पार्टी कैलालीको आयोजनामा पार्टीको ५२ औँ स्थापना दिवसको अवसरमा तिलकपुरमा भेटघाट तथा प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले नेमकिपा माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङको सिद्धान्त र विचारधाराअनुसार चल्ने उल्लेख गर्दै सिद्धान्त र विचार हेरेर मात्रै भोट दिनुपर्ने बताउनुभयो ।
उहाँले नयाँ भनिने पार्टीहरू सिद्धान्त र विचार नभएको पार्टी भन्दै तिनीहरूलाई भोट दिँदा देशको अहित हुने स्पष्ट पार्नुभयो । उद्योग कलकारखानाहरू सरकारले खोल्ने होइन, व्यक्तिले खोल्नुपर्छ वा व्यक्तिको नाममा निजीकरण गर्नुपर्छ भन्ने नेकाको विचारले व्यक्ति धनी र देश गरिब हुन्छ, उहाँले भन्नुभयो । देश आत्मनिर्भर बन्न र कामदार जनताले सुख पाउन समाजवादी व्यवस्था आवश्यक रहेको उहाँले बताउनुभयो ।
उहाँले पँुजीवादी पार्टीले निर्वाचनलाई भ¥याङ बनाई भ्रष्टाचार, कमिसन र फाइदाका लागि उपयोग गर्ने हँुदा देशवासीले दुःख पाएको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं कैलाली संयोजक रमेशकुमार रावलले राजनीति भनेको देश र जनताको निःस्वार्थ सेवा गर्नु हो भन्नुभयो । जनतालाई राजनीतिक रूपमा सचेत र सङ्गठित गर्दै नेपाल मजदुर किसान पार्टीले निर्वाचनलाई जनताको चेतनास्तर नाप्ने व्यारोमिटरको रूपमा लिने उहाँले बताउनुभयो ।
नेपालमा वैदेशिक हस्तक्षेपको विरोध गर्ने एक मात्र देशभक्त पार्टी नेपाल मजदुर किसान पार्टी भएको उहाँले स्पष्ट पार्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सहसचिव एवं कैलाली क्षेत्र नं २ का उम्मेदवार लक्ष्मी पुन मगरले जनताको सहयोगमा चल्ने पार्टी नेमकिपा हो भन्नुभयो । उहाँले विदेशीको सहयोग लिने र उनीहरूले जेजे भन्यो त्यही मानेका कारण देश अहिलेको कठिन अवस्थामा पुगेको बताउनुभयो । उहाँले जनताको जीवनस्तरमा परिवर्तन गर्न समाजवादी व्यवस्थाका लागि सङ्घर्ष गर्नुको विकल्प छैन भन्नुभयो ।
कार्यक्रममा नेमकिपाका कैलाली सदस्य एवं समानुपातिक उम्मेदवार तारा तिरुवाले निर्वाचन घोषणापत्रको लडाइँ हो भन्नुभयो ।
कार्यक्रममा नेमकिपा कैलालीका सदस्य हरिकला विष्ट, नेपाल क्रान्तिकारी युवा सङ्घ कैलाली सहसचिव एवं कैलाली क्षेत्र नं १ का उम्मेदवार सुनिता भण्डारा, नेपाल क्रान्तिकारी युवा सङ्घ कैलाली सदस्य एवं कैलाली क्षेत्र नं ४ का उम्मेदवार अमृता भुल, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ कैलाली सदस्य एवं कैलाली क्षेत्र नं ५ का उम्मेदवार तिर्सना पुनमगरले गलत कार्य गर्ने सरकारको विरोध गर्न नेमकिपालाई मत दिन अनुरोध गर्नुभयो । कार्यक्रममा नेपाल क्रान्तिकारी किसान सङ्घ कैलाली सहसचिव भीमबहादुर बडुवालले पनि बोल्नुभएको थियो ।
Leave a Reply