नीति र नियममा सञ्चालन भएका सहकारी संस्था विश्वसनीय हुने
- जेष्ठ १६, २०८३
भक्तपुर, २५ माघ । नेपाल मजदुर किसान पार्टी भ.न.पा. – ९, सूर्यमढी एकाइ समितिको आयोजनामा समसामायिक विषयमा छलफल गर्न शनिबार स्थानीयहरूको भेला भयो ।
भेलामा वाग्मती प्रदेश सभाका सांसद् सुरेन्द्रराज गोसाईले आगामी फागुन २१ गते हुने निर्वाचनमा देशभक्त उम्मेदवारहरूलाई मत दिएर जिताउनुपर्ने बताउनुभयो ।
उहाँले देशमा विदेशी चलखेल बढ्नुमा सरकारमा गएका प्रम, मन्त्री र पार्टीहरू दोषी रहेको बताउनुभयो । उहाँले जनतालाई सचेत गर्न नसके मत गलत ठाउँमा परेर देशमा सङ्कट आउन सक्ने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले ९ वडाको मतदाता सङ्ख्याको जानकारी दिँदै मतदाता सबैलाई सचेत गराउन घरघरमा पुग्नुपर्ने बताउनुभयो ।
नेमकिपा ९ वडा समितिका अध्यक्ष कृष्णभक्त लवजुले एउटा मतले पनि धेरै फरक पार्ने बताउँदै पार्टीको प्रतिबद्धता हेरेर मतदान गर्नुपर्ने बताउनुभयो ।
सूर्यमढी समितिका अध्यक्ष दिलभक्त कोजुको अध्यक्षतामा भएको सो भेलामा ने.क्रा.महिला सङ्घ भक्तपुर नगर समितिका अध्यक्ष रामेश्वरी कोजू, लक्ष्मीप्रसाद कुसी, काशीलाल प्रजापतिले पनि बोल्नुभएको थियो । भेलाले काशीलाल प्रजापतिको संयोजकत्वमा सूर्यमढी निर्वाचन परिचालन समिति गठन गर्यो ।
Leave a Reply