नीति र नियममा सञ्चालन भएका सहकारी संस्था विश्वसनीय हुने
- जेष्ठ १६, २०८३
भक्तपुर, २५ माघ । भक्तपुर नगरपालिकाबाट सञ्चालित प्रि–एसईई र बीएलई परीक्षा प्रणालीबारे आदर्श आजाद माध्यमिक विद्यालयमा कार्यरत शिक्षकहरूबिच आइतबार छलफल कार्यक्रम भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको शैक्षिक विकासलाई अझ उत्कृष्ट बनाउन नगरपालिकाले कक्षा १०, ८ र ५ को एकीकृत परीक्षा लिन सुरु गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “भक्तपुरका विद्यालयहरूको एसईई परीक्षा नतिजा उत्साहजनक छ । तीन दशकअघिको तुलनामा अहिलेको शिक्षाको गुणस्तर धेरै राम्रो भइसकेको छ । भक्तपुरको शिक्षाको गुणस्तर राम्रो हुनुमा नेमकिपाका कार्यकर्ता एवं भक्तपुरका शिक्षासेवीहरूको महत्वपूर्ण योगदान रहेको हामीले बिर्सनु हुन्न ।”
विद्यालय तहको शिक्षाको गुणस्तर राम्रो भएमात्र देशको लागि योग्य जनशक्ति तयार गर्न सकिने भएकोले विद्यालय तहदेखि नै शिक्षाको गुणस्तर वृद्धिमा जोड दिनुपर्ने प्रमुख प्रजापतिले बताउनुभयो ।
उहाँले भन्नुभयो, “गुणस्तरीय शिक्षाको लागि भक्तपुर गन्तव्यको रूपमा विकास हुँदै छ । यसमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूको योगदान पनि महत्वपूर्ण छ । शैक्षिक गुणस्तरका साथै भक्तपुरलाई भ्रष्टाचारशून्य नगरको रूपमा विकास गर्ने हाम्रो प्रयास जारी छ ।”
विद्यार्थीहरूलाई पँुजीवादी र समाजवादी शिक्षण प्रणालीका भेदबारे विद्यालय तहदेखि नै जानकारी गराउनु जरुरी रहेको प्रमुख प्रजापतिले बताउनुभयो ।
विद्यालयका प्रअ चक्रबहादुर चाकतुले शिक्षकहरू सामाजिक कार्यकर्ता पनि भएकाले समाज परिवर्तनको लागि कर्तव्यपालक भई शिक्षकहरूले भूमिका निर्वाह गर्नु जरुरी छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “भनपाले प्रिएसईई सञ्चालन गर्दा विद्यार्थीहरू पढाइप्रतिको ध्यान थप केन्द्रित भएको पाउँछौँ ।”
कार्यक्रममा विद्यालय सञ्चालक समितिका सदस्य राजेन्द्र चवाल, सहायक प्रअ सुभद्रा दुवाल, निमावि इन्चार्ज सीताराम भ्वयद्यो र शिक्षक शिवराम बोहजुले पनि बोल्नुभएको थियो ।
Leave a Reply