कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
सुर्खेत, २५ माघ । नेमकिपाको ५२ औँ स्थापना दिवसको अवसरमा नेमकिपा वीरेन्द्रनगर नगर समितिको आयोजनामा शनिबार अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सल्लाहकार समिति सदस्य नर्मा गुरूङले क्रान्तिलाई सही मार्गमा डो¥याउन क्रान्तिकारी पार्टीका साथै क्रान्तिकारी कार्यकर्ता आवश्यक हुन्छ भन्नुभयो ।
पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तुल्सी खड्काले पुँजीवादी संसदीय व्यवस्थाबाट समाजवादी व्यवस्था नआउने स्पष्ट पार्दै नेमकिपाले लेनिनवादी सिद्धान्तअनुसार निर्वाचनलाई क्रान्तिकारी उपयोग गरिरहेको बताउनुभयो ।
नेमकिपा जिल्ला समिति सुर्खेतका अध्यक्ष एवम् नेमकिपा कर्णाली प्रदेश सदस्य हरिबहादुर बोहोराले नेपाली कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन सैद्धान्तिक सङ्घर्षको निचोड भएको बताउँदै २०३१ माघ १० गते नेमकिपाको स्थापना भएको बताउनुभयो ।
नेमकिपा जिल्ला समिति सुर्खेतका उपाध्यक्ष अकलबहादुर रानाले नेमकिपाका तर्फबाट जननिर्वाचित सांसद प्रेम सुवालले संसद्मा प्रखर प्रतिपक्षको भूमिका निर्वाह गरी शासक पार्टीहरूलाई सतर्क गराएको बताउनुभयो ।
शेरबहादुर शाहीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कुश्माखर खनाल, इन्द्रप्रसाद न्यौपाने, मनबहादुर वि.क., अम्बर भण्डारी, अङ्गबहादुर शाहीलगायतले बोल्नुभएको थियो ।
Leave a Reply