भर्खरै :

नासमनामा स्थानीय जनताको भेला

नासमनामा स्थानीय जनताको भेला

भक्तपुर, २५ माघ । नेपाल मजदुर किसान पार्टी भनपा ३ कोलाछेँ एकाइ समितिको आयोजनामा आइतबार नासमनामा एक भेला भयो ।
उक्त भेलामा स्थानीय पार्टी कार्यकर्ता, युवा, विद्यार्थी, महिलाहरूको सहभागिता थियो ।
भेलामा नेमकिपा भक्तपुर नगर समितिका पुरुषोतम तमखुले यही फागुन २१ गते हुने प्रतिनिधिसभाको चुनावमा भक्तपुर जिल्लाबाट नेमकिपामा जनपक्षीय उम्मेदवारहरूलाई अत्यधिक मतले विजयी गराउन आग्रह गर्दै ३५ वर्षमा सत्तासीन पुँजीवादी पार्टीहरूले देशलाई भताभुङ्ग पारेको बताउनुभयो । जनतालाई भोट बैङ्क बनाई देश र जनतालाई पटक पटक विश्वासघात गरेको उल्लेख गर्दै उहाँले शासक दलका नेताहरु भ्रष्टाचार, कालाबजारी, भागबन्डामा फसेको बताउनुभयो ।
नेमकिपा भनपा – ३ का अध्यक्ष रामसुन्दर खाताखोले पनि आफ्नो धारणा राख्नुभएको थियो ।
नेमकिपा भनपा – ३ कोलाछेँका अध्यक्ष रामकृष्ण त्वायनाको सभापतित्वमा भएको उक्त भेलाले रामकृष्ण त्वायनाको संयोजकत्वमा ५१ सदस्यीय चुनाव प्रचार समिति गठन ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *