भर्खरै :

कोरियाली मजदुर पार्टीको महाधिवेशन फेब्रुअरीमै हुने

कोरियाली मजदुर पार्टीको महाधिवेशन फेब्रुअरीमै हुने

प्योङयाङ, ८ फेब्रुअरी (केसीएनए) । कोरियाली मजदुर पार्टीले यस महिनाको अन्त्यतिर पार्टीको नवौँ राष्ट्रिय महाधिवेशन आइतबार आयोजना गर्ने जनाएको छ । उक्त महाधिवेशनबाट प्रजग कोरियाले आगामी पाँच वर्षका लागि आन्तरिक तथा विदेश नीतिका प्रमुख लक्ष्य र दिशा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।
कोरियाली मजदुर पार्टीका महासचिव एवम् प्रजग कोरिया राज्य मामिला आयोगका अध्यष किम जोङ उनको उपस्थितिमा पार्टीको राजनीतिक ब्युरोको २७ औँ बैठक शनिबार बसेको थियो र फेब्रुअरीको अन्त्यमा सम्मेलन गर्ने निर्णय गरिएको हो । यद्यपि, सम्मेलनको ठ्याक्कै मिति र एजेन्डाबारे तत्काल विवरण सार्वजनिक भएको छैन ।
राजनीतिक ब्युरोको बैठकले पार्टीको नवौँ महाधिवेशनको पूर्ण तयारीका निम्ति अध्यक्ष मण्डल, मञ्च व्यवस्थापन र सचिवालय गठन गरेको छ ।
बैठकले महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेज तयारी गर्न पनि समिति गठन गरेको छ ।
पार्टी महासचिव किम जोङ उनको अनुमतिले राजनीतिक ब्युरो अध्यक्ष मण्डलका सदस्य जो याङ वनको अध्यक्षतामा भएको बैठकले पार्टीको राजनीतिक प्रतिवेदन र नीतिगत परिमार्जनको प्रस्ताव एकमतले पारित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *