अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, बैशाख १४ । निजी विद्यालयहरुले गरेको शुल्कवृद्धिको विरोधमा आन्दोलनरत पाँच विद्यार्थी संगठनहरुले आज देशभरका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरुका प्रमुखहरुसमक्ष ज्ञापनपत्र बुझाएका छन् ।
संविधानअनुसार विद्यालय शिक्षाको सम्पूर्ण जिम्मेवारी स्थानीय तहहरुलाई तोकिएकाले विद्यार्थी संगठनहरुले देशभरका पालिकहरुमा ज्ञापन पत्र दिएका हुन् ।
देशव्यापी ज्ञापन पत्र दिने कार्यक्रमअन्तर्गत पाँच वटै विद्यार्थी संगठनका केन्द्रीय नेतृत्व आज भक्तपुर नगरपालिकामा पुगेर ज्ञापन पत्र भक्तपुर नपामा प्रमुख सुनिल प्रजापतिलाई ज्ञापन पत्र बुझाए ।

नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष नीरज लवजू, अनेरास्ववियुका कार्यबाहक अध्यक्ष महेश बर्तौला, नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिं महर, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ र अखिल छैटौंका अध्यक्ष विमल पोखरेलले हस्ताक्षर गरेको ज्ञापन पत्रमा २०७२ सालमा बनेको संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका विपरीत निजी विद्यालयहरुमा गरिएको शुल्कवृद्धि तत्काल फिर्ता गराउन र मापदण्ड नपुगी सञ्चालनमा रहेका विद्यालयहरुलाई कार्यबाही गर्न माग गरिएको छ ।
साथै सार्वजनिक विद्यालयको शिक्षाको गुणस्तर वृद्धि गर्न, सार्वजनिक शिक्षाप्रति विश्वास बढाउन प्रभावकारी अनुगमन, निर्देशक र आवश्यक कार्यहरु तत्काल अगाडि बढाउन पनि माग गरिएको छ ।
विद्यार्थीहरुको ज्ञापन पत्र बुझ्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरमा रहेका निजी विद्यालयहरुमा विगत वर्षमा लिंदै आएको शुल्कभन्दा शुल्कवृद्धि नगर्न निर्देशन दिइसकेको धारणा राख्नुभयो ।
उहाँले संविधानमा निःशुल्क र अनिवार्य शिक्षामा राख्न लामो संघर्षमा आफू स्वंय संलग्न भएकाले विद्यार्थी संगठनहरुले उठाएका मुद्दाप्रति सकारात्मक भएको बताउनुभयो ।
प्रजापतिले भक्तपुर नपाले ख्वप विश्वविद्यालय र ख्वप मेडिकल कलेज खोलेर शिक्षालाई उत्पादन श्रमसँग जोड्ने र गरीब कामदार जनताका छोराछोरीलाई सस्तो र सुलभ दिने लक्ष्य राखेको तर शासक दलहरुले त्यसप्रति बेवास्ता गरेको धारणा राख्नुभयो ।
कार्यक्रममा अखिलका कार्यबाहक अध्यक्ष महेश बर्तौला, नेविसंघका उपाध्यक्ष पुष्प शाही, नेक्राविसंघका अध्यक्ष नीरज लवजू, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ र अखिल छैटौंका अध्यक्ष विमल पोखरेलले पनि विद्यार्थी आन्दोलनका बारेमा बोल्नुभएको थियो ।
कार्यक्रममा भक्तपुर नपामा उपमेयर रजनी जोशी, वडाध्यक्ष रवीन्द्र ज्याख्व र प्रेमगोपाल कर्माचार्यको पनि उपस्थिति रह्यो ।
Leave a Reply