भर्खरै :

कीर्तिपुरको पाँगामा ५२ औँ पार्टी स्थापना दिवस

कीर्तिपुरको पाँगामा ५२ औँ पार्टी स्थापना दिवस

काठमाडौँ, २६ माघ । नेपाल मजदुर किसान पार्टी कीर्तिपुर नगर समितिको आयोजनामा नेमकिपाको ५२ औँ स्थापना दिवस कीर्तिपुर नपा वडा नं. ५ पाँगामा मनाइयो ।
कार्यक्रममा नेमकिपाका पूर्वकेन्द्रीय सदस्य श्रीकृष्ण महर्जनले पार्टी स्थापनाको इतिहासबारे प्रस्ट पार्दै देश र जनताको सेवामा निरन्तर लाग्न अनुरोध गर्नुभयो । उहाँले पार्टी ५२ औँ वर्ष पुग्दा नेमकिपा प्रकाशस्तम्भको रूपमा अगाडि बढेको छ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले पार्टीको स्थापना दक्षिणपन्थी र वामपन्थी अवसरवाद र संशोधनवादको विरोधमा भएको बताउनुभयो ।
उहाँले फागुन २१ गते हुने निर्वाचनमा पार्टीको तर्फबाट क्षेत्र नं. १० का उम्मेदवार बिन्द्रा महर्जनलाई जिताउन घरदैलो अभियानलाई तीव्र पार्नुपर्ने बताउनुभयो । उहाँले यो निर्वाचन पनि पुँजीवाद र समाजवादबिचको लडाइँ हो भन्नुभयो ।
कीर्तिपुर नगर समितिका हरिकुमार महर्जनले पनि बोल्नुभएको थियो । काठमाडौँ क्षेत्र नं. १० का उम्मेदवार बिन्द्रा महर्जनले स्थानीय बुद्धिजीवी र नागरिक समाजसँग भएको भेटघाटमा संसद्मा पुगेर देश र जनताको पक्षमा नीति निर्माण गर्ने, मौलिक हकको सुनिश्चितता र देशको सार्वभौमसत्तामा आँच ल्याउने कामको विरुद्ध आवाज उठाउने उल्लेख गर्नुभयो ।
कार्यक्रममा कान्छाबाबु महर्जनले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *