देशमा व्याप्त अराजकताको जवाफदेहीता शासक दलहरू हुनुपर्ने
- फाल्गुन ११, २०८२
पञ्चाङ्ग निर्णायक विकास समितिले आउँदो २०८३ सालको पात्रो विवादरहित हुने बतायो । पात्रो तयार गर्नुअघि समितिले पञ्चाङ्गकार, विश्वविद्यालयका विज्ञ, ज्योतिषविज्ञलगायत सबैको सुझाव लिएको बतायो । सो पात्रोको आधारमा सरकारले सार्वजनिक बिदासमेत घोषणा गर्दछ ।
हालै प्रकाशित २०८३ सालको पात्रोमा विजया दशमीको महाअष्टमी दुईदिन परेको छ । असोज १ र २ गते महाअष्टमी परेकोले अघिल्लो दिन मनाउने हो वा पछिल्लो दिन भन्नेमा दुविधा हुनेछ । बिसं २००० सालमा पनि यस्तो अवस्था आएको समितिले बतायो ।
२०८३ सालको यम पञ्चक (तिहार) शुरुको दिन कार्तिक २१ गते काग तिहार पर्दछ । तर, २२ गते कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन प¥यो । लक्ष्मीपूजाको भोलिपल्ट २३ गते गाईतिहार (औंशी) परेको छ, यो कसरी होला ? २४ गते गोबद्र्धन पूजा र म्हपूजा पारिएको छ । २५ गते भाइटीका (किजापूजा) पारिएको छ ।
कार्तिक २२ गते लक्ष्मीपूजा भए कार्तिक २३ गते नेपाल संवत्को नयाँ वर्ष सुरु हुने दिन अर्थात म्हपूजा र कार्तिक २४ गते भाइटीका (किजापूजा) हुनुपर्ने हो । यो परम्परालाई पञ्चाङ्ग निर्णायक विकास समितिले ध्यान नदिंदा २०८२ सालमा पनि यस्तै गडवडी भयो । यसरी हरेक वर्षजस्तै चाडपर्व मनाउनेबारे अन्यौल हुनु राम्रो होइन ।
पञ्चाङ्ग निर्णायक विकास समितिले सूर्यमासको आधारमा पात्रो बनाउने गर्दछ भने नेवारहरू चन्द्रमासअनुसार तिथि मान्ने परम्परा छ । विज्ञहरूका अनुसार घडी, पलाअनुसार समयमा केही घटीबढी भए पनि दुई दिन मनाउने भन्ने हुँदैन । जुन दिन घडी, पला बढी टेक्छ सोही दिन मनाउने हाम्रो परम्परा हो ।
यस वर्ष काठमाडौं उपत्यकाका तीन जिल्लामा फरक फरक दिनमा लक्ष्मीपूजा, म्हपूजा अर्थात नेपाल सम्वत्, भाईटीका मनाए । परम्परादेखि नै यमपञ्चकको तीन दिन कुनै दिन नटुटाई चाडपर्व मनाउँदै आइरहेकोमा पञ्चाङ्ग निर्णायक विकास समितिको पात्रोमा त्यसो नहुँदा टुट हुन पुग्यो ।
यसबारे समयमै स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालाहरूको ध्यान जानु जरुरी छ ।
Leave a Reply