भर्खरै :

तिब्बत : धर्मतन्त्र अल्पतन्त्र बचाउने ज्यावल

तिब्बत : धर्मतन्त्र अल्पतन्त्र बचाउने ज्यावल

मानव समाजमा विभिन्न सामाजिक तहहरू विकसित भएदेखि नै धर्म र राजनीतिको नजिकको सम्बन्ध रहँदै आएको छ ।
मानवले आफ्नो क्षमता र प्रकृतिको विशालताका अघि आफ्नो छुद्रता महसुस गरेपछि उत्पन्न विश्वास र परम्पराहरू नै धर्म हो । यो धर्म वास्तवमा वर्गीय समाजको केही समूहको स्वार्थसँग जोडिएको हुन्छ । प्रायः शासक वर्गले साधारण जनतालाई गरेको शोषण लुकाउन धार्मिक चमत्कारको कुरा गरिन्छ ।
धर्मप्रतिको मोह शासकवर्गले आफ्नो फाइदाको लागि गरेको उक्साहटको परिणाम हो ।
बहुसङ्ख्यक जनतामाथि अल्पसङ्ख्यकले शोषण गर्ने ‘प्रशासनिक शक्ति’ औजार बन्न छोडेपछि मात्रै मानवले साँचो अर्थमा स्वतन्त्रताको प्रत्याभूति पाउँछ र त्यो अवस्थामा मात्रै धर्म मान्यता र विश्वासको कुरा बन्ने गर्छ । त्यही अवस्थामा मात्रै धर्मले आफ्नो साँचो अर्थ र उत्साह प्राप्त गर्छ ।
१४ औँ दलाई लामा र उनका समर्थकहरूले आफूहरू तिब्बतमा धार्मिक शासन पुनःस्थापना गर्नका लागि नभई तिब्बती जनताको सुखका लागि सङ्घर्ष गरिरहेको बताउँदै आएका छन् । तर यो दाबीमाथि प्रशस्त प्रश्न उठाउन सकिन्छ ।
उनीहरूले दशकौँअघि तिब्बतले भोगेको धार्मिक शासन व्यवस्थामा युगलाई फर्काउन सक्दैनन् – यो साँचो हो । तर, के उनीहरू साँच्चै तिब्बती जनताको भलाइका लागि सङ्घर्ष गरिरहेका हुन् त ? धार्मिक शासन स्थापना गर्ने लक्ष्य के उनीहरूले छोडेका हुन् त ? तर वास्तविकता नकारात्मकमात्रै देखिन्छ ।
विखण्डनवादीहरू अझै पनि धार्मिक शासन स्थापना गर्ने सपना साँचेर बसेको कुरा हालैका घटनाहरूले देखाएका छन् । सानो समूहको सुविधाका लागि धेरै जनताका स्वार्थलाई बलि चढाउने काम हो त्यो । दलाई लामा आफै पनि सधैँ आफ्ना राजनैतिक क्रियाकलापलाई धर्मको खोलले छोप्ने गर्छन् । धेरै अवस्थाहरूमा उनको लागि धर्म भनेको राजनैतिक उद्देश्य प्राप्तिको ज्यावलमात्र भएको छ ।

भूमिसुधारभन्दा पहिले दलाई लामा आफ्नो पद र वर्गको निम्ति चीनविरोधी देखापरेन, १९५४ मा उनी माओ त्सेतुङको दायाँ बसेका थिए ।

तिब्बतको विगतमा भएको धार्मिक शासनलाई स्थानीय जनताले निन्दा र विरोध गरेका थिए । अहिलेको आधुनिक चीनमा त्यसलाई पुनःस्थापित गर्नु असम्भव छ ।
राजनीति र धर्मको विभिन्न सम्बन्धहरूमध्येको एक – धर्मतन्त्र भनेको धार्मिक शक्ति र धर्म निरपेक्षताको संयोजन हो कतिपय अवस्थामा त यी दुवै शक्तिहरू एकै जना व्यक्तिमा निहित हुन्छ ।
अरु अवस्थामा भने यी दुइटा शक्ति शासक वर्गको दुई भिन्न–भिन्न समूहमा बाँडिएको हुन्छ । तिब्बतको इतिहासमा कुनै एक धार्मिक पन्य वा गुम्बाले धर्ममा दुवै शक्ति प्रयोग गर्ने उदाहरण छ । जस्तैः– तिब्बती बौद्ध धर्ममा गेलुग पन्थ (Gelug sect) ले अरु पन्थहरूलाई शासन गर्ने गथ्र्यो । त्यस्तै गान्सु प्रान्त (Gansu Province) को गान्नान इलाका (Gannan) का अरु गुम्बा (Labrang Monastery) ले नियन्त्रण गथ्र्यो ।
धर्मतन्त्र वा धार्मिक सत्तामा यो दुवै शक्तिको सम्बन्ध राम्रो हन्छ । कुनै बेला धार्मिक शक्तिभन्दा नागरिक शक्ति बलियो हुन्छ त कहिले धार्मिक शक्ति बलियो । दुवै अवस्थामा एक–अर्काको फाइदाका लागि यी दुवै एकगठ हुने गर्छन् ।
कुनै विशेष खालको धर्मतन्त्रले भगवान्लाई मुख्य शासक मानेको हुन्छ र अरु धर्मलाई मान्यता ँिदंदैन भने अरु देशहरूमा विभिन्न धर्महरूलाई मान्यता दिइए पनि सत्तामा भने कुनै एक मुख्य धर्मको प्रभाव रहन्छ । यो अवस्थामा सरकारमा धार्मिक परम्पराहरूको केही अवशेषमात्र बाँकी रहन्छ ।
कुनै पनि सरकारले आफ्ना सम्पूर्ण जनताको भलाइका लागि काम गरेको खण्डमा मात्रै उसले साँचो अर्थमा धार्मिक स्वतन्त्रता दिनसक्छ र यही अवस्थामा मात्र धर्म अरु केही नभई विशुद्ध व्यक्तिगत आस्था र विश्वासको रूपमा रहने गर्छ ।
धेरै देशहरूमा विकास र सुखमा समान अधिकार पाउने कुरा अझै सपना नै भए पनि कुनै व्यक्ति वा समूहको सुखका लागि अरुको बलि दिन सकिन्न ।
दलाई लामा र उनका समर्थकहरूले ऐतिहासिक तथ्यहरूको विरोधमा निकै क्रियाकलापहरू गरेका छन् । तिब्बती इतिहासकै अँध्यारो र क्रूर व्यवस्था धर्मतन्त्र वा धार्मिक सत्तालाई उनीहरू पुनःस्थापना गर्न चाहन्छन् र मानव जीवनको मूल्यलाई बेवास्ता गर्दैछन् । उनीहरूले भड्काएको हिंसाले उनीहरूको साधारण जनताप्रतिको हेपाहा प्रवृत्तिमात्रै उजागर गर्दैन बरु ती कार्यहरू पश्चिमी विश्वले वकालत गर्ने गरेको आदर्श प्रजातन्त्र र स्वतन्त्रताको पनि विरोध कार्य हुन् । साथै हाम्रो देशमा रहेको व्यापक विकासको नीति र जनताको स्वतन्त्रताको पनि विरोधमा यी कार्यहरू भएका छन् ।
ल्हासामा १४ मार्चको दिन भड्काइएको हिंसा १४ औँ दलाई लामाको शान्ति आह्वानसँग बाझिएको छ ।
ती हिंसाका घटनाले मानव व्यवहारविरुद्ध धार्मिक सत्ता (धर्मतन्त्र) कसरी लाग्छ भनी प्रस्ट पारेको छ ।
साँच्चै आफूले दाबी गरेझैँ दलाई लामा तिब्बती जनताको हित चाहन्छन् भने तिब्बतमा बौद्ध धार्मिक सत्ता स्थापना गर्ने सपना उनले त्याग्नुपर्छ, विखण्डनवादी क्रियाकलाप रोक्नुपर्छ र तिब्बती जनताको जीवनस्तर उकास्न योगदान दिनुपर्छ । आफ्ना अनुयायीहरूप्रति एक धार्मिक व्यक्तित्वले गर्नुपर्ने कर्तव्य यिनै हुन् ।
इतिहास र वर्तमान यथार्थ दुवैले एउटै कुरा प्रमाणित गर्छ – तिब्बतमा धार्मिक सत्ताले नयाँ जरा गाड्ने आश गर्न सकिन्न ।
TibetM theocracy is a tool to ensure minority rule–Zhongbu, Cirenduojie and Lan Guahua Tibet Academy of Social Sciences–China daily÷The New Worker, 9 May ‘08]
प्रस्तुति : सुवेग
स्रोतः तिब्बत उपद्रव र यथार्थ

“तिब्बतको उपद्रवमा अमेरिकी र बेलायती साम्राज्यवादको हात छ”
नेपाल मजदुर किसान पार्टीले तिब्बत चीनको अभिन्न अङ्ग र स्वशासित क्षेत्र हो, हालै तिब्बतमा दलाई लामाका समर्थकहरूले मच्चाएको उपद्रवलाई पश्चिमी सञ्चारसाधनहरूले ‘तिब्बतमा विद्रोह’ भनी झूटा प्रचार गरेको जनाएको छ ।
नेमकिपाले जेठ २ गते जारी गरेको विज्ञप्तिमा सो कुरा जनाइएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘यो उपद्रवमा अमेरिकी र बेलायती साम्राज्यवादीहरूको हात रहेको प्रस्ट छ ।’
‘दलाई लामा तिब्बती जनता र प्रजातन्त्रको लागि सक्रिय भएको होइन बरु अमेरिकी गुप्तचर विभागद्वारा नियोजित चीनविरोधी गतिविधिमा लागेका हुन्’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सन् १९४९ को चिनियाँ क्रान्तिपछि समाजवादी व्यवस्थाले गरेको भू–दास मुक्ति र सामन्तवादविरोधी नीतिको कारण पश्चिमी साम्राज्यवादीहरूले दास–मालिकहरूलाई उक्साएर हैकम जमाउन तिब्बतमा उपद्रव गराएको नेपाल मजदुर किसान पार्टीको ठहर छ ।’
नेमकिपाले ‘तिब्बतको स्वतन्त्र’ आन्दोलनको नाममा अमेरिकी, बेलायती र अन्य साम्राज्यवादीहरूले भारतमा निर्वासित दलाई लामालाई उक्साएर चीनको सार्वभौमिकतामाथि गरेको हस्तक्षेपकारी कार्य तत्काल रोक्न आह्वान गरेको छ ।

नेपाल–चीन मित्रता खलबल्याउने षड्यन्त्रलाई उदाङ्ग्याऔँ !
तिब्बती शरणार्थीहरूले ‘स्वतन्त्र तिब्बत’ को नाउँमा चिनियाँ दूतावासको अगाडि एक–डेढ महिनादेखि प्रदर्शन गर्दै नेपाल र चीनको सम्बन्ध खलबल्याउने जालसाजी गरिरहेका छन् । तर, ती शरणार्थीहरू न ‘स्वतन्त्र तिब्बत’ को उद्देश्य राख्छन् न त तिनीहरू ‘स्वतन्त्र’ नै छन् ।
दलाई लामाका ती समर्थकहरू तिब्बतका दास–मालिक र सामन्तहरू वा तिनीहरूका पिछलग्गूहरू हुन् । तिनीहरू संरा अमेरिकी साम्राज्यवाद र नाटो (NATO) युरोपेली साम्राज्यवादीहरूद्वारा पालित र पोषित हुन् । ती साम्राज्यवादीहरू दलाई लामा र तिब्बती दास–मालिक र सामन्तहरूलाई उक्साएर समाजवादी चीनको विरोधमा उपद्रव गराउने षड्यन्त्र गर्दै छन् । पश्चिमी साम्राज्यवादीहरू जसरी सोभियत सङ्घलाई र पूर्वी युरोपेली समाजवादी देशहरूमा बेला–मौकामा अनेक निहुँमा एकातिर उपद्रव गराउन चाहन्छन् र अर्कोतिर पैसाको खोलो बगाएर व्यापारीहरू, कूटनैतिक व्यक्तिहरू, गुप्तचरहरू वा पैसामा विकिने साधारण नागरिक होइनन्, हुल्याहाहरूलाई हातमा लिन्छन्; लोभ–लालच र डर–धम्की दिएर साधारण मानिसहरूको मन बिगार्छन्, एकले अर्को पदमा बसेका पदाधिकारीहरूमाझमा भ्रम फैलाई झगडा लगाउँछन् ।
त्यस्तै ‘मन्त्रयुद्ध’ र कुटिल राजनीतिले सोभियत सङ्घ र पूर्वी युरोपेली समाजवादी देशहरूमा समाजवादलाई पतन गराइयो, कम्युनिस्ट र मजदुर पार्टीहरूलाई भङ्ग गराइयो र देशलाई टुक्रा–टुक्रा पार्न दिइयो ।
त्यही सूत्र आज साम्राज्यवादीहरूले समाजवादी चीनको विरोधमा लागू गर्दै छन् । तिनीहरूले तिब्बत र छिरच्याङजस्ता स्वायत्त प्रदेशहरूमा जातीय असन्तोष फैलाएर ‘मानव अधिकार’, ‘प्रजातन्त्र’, ‘खुला नीति’ र ‘भूमण्डलीकरण’ जस्ता मीठा–मीठा शब्द र उद्देश्यमार्फत नयाँ–नयाँ साम्राज्यवादी र उपनिवेशवादी जालहरू फैलाउँदै छन् ।
सोभियत सङ्घ र पूर्वी युरोपेली देशहरूमा अनेक गैरसरकारी संस्था (INGO) हरूले डलर र अनेक जालसाजी गरेर राजनैतिक, आर्थिक र सामाजिक बन्दोबस्त छिन्नभिन्न पारे । आज त्यही कुरा चीनमाथि लागू गर्दै छन् । तिनीहरू तिब्बतमा उपद्रव गराउँछन् र अन्य स्वायत्त प्रदेशहरूमा नयाँ–नयाँ षड्यन्त्र र उपद्रवको तानावाना बुन्दै छन् । त्यस्तै काठमाडौँ र अन्य देशका राजधानीहरूका चिनियाँ दूतावासहरू र संरा अमेरिकामा संयुक्त राष्ट्रसङ्घको कार्यालय तिब्बती शरणार्थीहरूको गतिविधिमा ध्यानाकर्षित गर्दै छन् ।
ती गतिविधिहरूका दुई उद्देश्य छन्, समाजवादी चीनको बदनाम गर्नु र चीन तथा संसारको ध्यान बाहिर आकर्षित गरेर चीनभित्र चीनविरोधी गतिविधिको सङ्गठन गराउनु । काठमाडौँमा २–३ महिना अगाडिदेखि नै ‘स्वतन्त्र तिब्बत’ को गञ्जी र टोपी बाँडेर साम्राज्यवादीहरूले तथाकथित नेपाल मानव अधिकारवादीहरूलाई समेत ‘डलर’ दिएर गतिविधि गराउँदै थिए । अब नेपाली जनताले साम्राज्यवादीहरूको नेपाल र चीनको सुमधुर सम्बन्धलाई विगार्ने षड्यन्त्रलाई उदाङ्ग्याउनु आवश्यक छ । त्यसको विरोध गर्न नेपाली जनतालाई सचेत पार्नु आवश्यक छ ।
(श्रमिक साप्ताहिक–सम्पादकीय/२०६५ जेठ ७ बाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *