भर्खरै :

धाराबाट फोहोर पानी आउँदा जनता आक्रोशित

भक्तपुर, १४ बैशाख । काठमाण्डौ उपत्यका खानेपानी लिमिटेडले भक्तपुर नगरका विभिन्न क्षेत्रमा पिउन अयोग्य फोहोर पठाएपछि स्थानीय जनता आक्रोशित भएका छन् ।
धाराबाट पिउनै नसकिने गरी धमिलो र गन्हाउने पानी आएपछि भक्तपुरको महालक्ष्मीस्थान, भोलाछें, मुलाछें र व्यासीका स्थानीय जनता खानेपानी लिमिटेडको भक्तपुर शाखा कार्यालय पुगेका थिए ।
कार्यालयमा हाकिम नभेटिए पछि उनीहरुले कर्मचारी सुदर्शन खत्रीलाई आफ्नो समस्या पोखेका थिए ।
‘पिउनै नसकिने पानी पठाएर खानेपानी लिमिटेडले जनताको स्वास्थ्यमा खेलबाड गरेको छ ।’, जनसमुदायको अगुवाई गरी खानेपानी कार्यालय पुग्नुभएका किसान नेता गोविन्द दुवालले भन्नुभयो ।
‘हिजो पञ्चायती बन्दोबस्तले मात्र जनतालाई धमिलो पानी खुवाएर दुःख दिने गरेको थियो । लोकतान्त्रिक गणतन्त्रमा पनि यो क्रम दोहोरिएको छ । यो त लोकतान्त्रिक गणतन्त्रको बेइज्जत हो ।’, उहाँले भन्नुभयो ।
भक्तपुरको सो क्षेत्रमा पठाइने पानी खरिपाटीस्थित सैनिक व्यारेकमा पनि पठाइँदै आएको छ ।
‘जनता मात्र होइन, सिपाहींहरु पनि यस्तो पानीले विरामी पर्नेछन् ।’ उहाँको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *