भेनेजुयला भूकम्प अपडेट : सयौँको मृत्यु
- असार १२, २०८३
भक्तपुर, २ फागुन । नेपाल मजदुर किसान पार्टीको ५२ औँ स्थापना दिवसको अवसरमा भक्तपुर नगरपालिका वडा नं. ९ तौलाछेँ ‘पासा पुच’को आयोजनामा स्थानीय क्वार्चामा संस्कृतिकर्मीहरूको भेला गरी प्रगतिशील गीत गायन कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंले पार्टीले जनताको चेतनास्तर उठाउन निरन्तर लागिरहेको बताउँदै जनतालाई सङ्गठित बनाइरहेको प्रस्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “सचेत र सङ्गठनबिनाको भीड अराजक हुन्छ† त्यस्तो अराजक भीडले देश उँभो लाग्दैन ।”
जनताको सुस्वास्थ्यको लागि वर्षौँवर्ष सफाइ अभियान गरेर स्वास्थ्य चेतना जगाउन होस् वा रात्रिकक्षा सञ्चालन गरेर, प्रौढ साक्षरताको शैक्षिक अभियान सञ्चालन गरेर होस् पार्टी जनताको सेवामा अथक रूपमा लागिरहेको चर्चा गर्दै उहाँले अग्रज पुस्ताले विगतमा गरेको दुःख नयाँ पुस्तालाई थाहा दिनुपर्नेमा जोड दिनुभयो ।
सामाजिक सञ्जालमा अल्झेर नयाँ पुस्ता असामाजिक बन्दै जाने हो कि भन्ने चिन्ता जाहेर गर्दै उहाँले आगामी फागुन २१ गतेको निर्वाचनमा मतदाताले विशेष ध्यान दिननसके पछि पछुताएर पनि धर नलाग्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “आगामी निर्वाचन देश विध्वंश गर्ने र देश विकास गर्ने बिचमा हुँदै छ† देश खरानी पार्ने र खरानी हुँदा पनि कुनै जिम्मेवारी बहन नगर्ने शासक पार्टीहरूलाई पछार्ने एउटा अवसर हो ।”
अर्का केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले पासा पुचःले समाजमा व्याप्त विकृति विसङ्गतिविरूद्ध नाचगानमार्फत जनतालाई सचेत पार्दै आएकोमा पुचःको सराहना गर्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले निर्वाचन हार–जितको गणितीय परिणाममात्र नभई मूल्य र मान्यता वा सिद्धान्तको लडाइँ पनि हो भन्नुभयो ।
पुचःका अध्यक्ष विष्णुभक्त कुसीको सभापतित्वमा भएको उक्त कार्यक्रममा सचिव हरिराम कुसीले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा पासा पुचः, वाकुपति नारायण, उमामहेश्वर र कमिचागल्ली दिदी बहिनी समूहले प्रगतिशील गीत प्रस्तुत गरेका थिए ।
Leave a Reply