भर्खरै :

निगालपानीमा प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी भेटघाट

निगालपानीमा प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी भेटघाट

दैलेख, २ फागुन । नेपाल मजदुर किसान पार्टी गुराँस गाउँपालिकाको आयोजनामा प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी भेटघाट कार्यक्रम घोडाबासको निगालपानीमा सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा दैलेखका अध्यक्ष जगत ओलीले काम गरिखानेवर्गको हितमा काम गर्ने पार्टीको उद्देश्य हो भन्नुभयो ।
नेमकिपाले व्यक्तिगत र दलगत फाइदाको पछाडि लाग्न नसिकाएको उल्लेख गर्दै उहाँले देश र जनताको निःस्वार्थ सेवा गर्नु नै राजनीतिको धर्म हो भन्नुभयो ।
उहाँले समाजवादी व्यवस्थामा निःशुल्क शिक्षा र स्वदेशमै रोजगारको बन्दोबस्त हुने बताउनुभयो ।
जनताको हितमा नेमकिपाले सदन र सडकमा निरन्तर सङ्घर्ष गर्दै आइरहेको उल्लेख गर्दै उहाँले पुँजीवादी शासन व्यवस्थामा काम गरिखाने जनताको हित नहुने बताउनुभयो । उहाँले कसैको लोभ–लालचमा नपरेर जनताको सेवा गर्ने नेमकिपाको मादल चिह्नमा मतदान गर्न आग्रह गर्नुभयो ।
नेमकिपा गुराँस गाउँपालिका सदस्य नर्मा गुरुङको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपा दैलेखका सदस्य गगन बीसी र नेक्राविसङ्घ दैलेखका खेमराज दाहाल र हस्त गुरुङले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *