भेनेजुयला भूकम्प अपडेट : सयौँको मृत्यु
- असार १२, २०८३
भक्तपुर, २ फागुन । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भनपा वडा नं. २ एकाइ समितिको आयोजनामा शनिबार विद्यार्थी भेला भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले नेमकिपाले जस्तै अरू ठुला भनिने राजनीतिक पार्टीहरूले देश र जनताको सेवामा इमानदारीपूर्वक काम गरेका भए यो देशको विकास भइसक्थ्यो भन्नुभयो ।
“नेमकिपाले युवा पुस्तालाई देश र जनताको निःस्वार्थ सेवा गर्न सिकाइरहेको छ । नेमकिपा जितेको स्थानीय तहमा शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणमा विशेष जोड दिई युवा लक्षित कार्यक्रमहरू सञ्चालन गरिरहेको छ”, उहाँले भन्नुभयो ।
“अहिले केही व्यक्तिहरू देश बनाउन जादु गरिरहेको बताउँदै छन् । समाज विकासमा जादुको केही देन हुने गर्दैन, जादु गरेर विकास गर्ने भनेको जनतालाई छलछाम गर्नु हो; सङ्घर्ष नगरी विकास हुनेछैन । युवा पुस्ताले पनि आफूसँग भएको ज्ञान देश र समाजको हितमा उपयोग गर्नु जरूरी छ”, केन्द्रीय सदस्य गोसाईले भन्नुभयो ।
नेमकिपा व्यासी एकाइ समितिका अध्यक्ष गणेशप्रसाद सुवालले अग्रजहरूको निरन्तर सङ्घर्षकै कारण पार्टीप्रति जनविश्वास बढ्दै गएको बताउनुभयो ।
कार्यक्रममा सुजि हेङ्गो, श्रद्धा कोजु, रमा माताङ र रेक्स सुवालले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा प्रगतिशील गीत पनि प्रस्तुत गरिएको थियो ।
Leave a Reply