भर्खरै :

दुवाकोटमा मजदुर भेला सम्पन्न

दुवाकोटमा मजदुर भेला सम्पन्न

भक्तपुर, ३ फागुन । नेपाल मजदुर किसान पार्टी, रामेछाप जिल्ला निर्वाचन परिचालन समितिले आइतबार दुवाकोटमा मजदुर भेलाको आयोजना गरेको छ ।
रामेछापलगायत विभिन्न जिल्लाबाट भक्तपुर आएर विभिन्न उद्योगमा कार्यकर्ता मजदुरहरूको भेलामा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले नेमकिपाले मजदुरहरूलाई पढ्न, लेख्न सिकाएको बताउनुभयो ।
किसानहरूलाई रात्रि तथा प्रौढ कक्षा सञ्चालन गरेर भक्तपुरमा नेमकिपाले परिवर्तनको बीउ रोपेको भन्दै उहाँले अरु जिल्लाको निम्ति पनि भक्तपुरको अनुभव उपयुक्त हुने तर्क गर्नुभयो ।
कार्यक्रममा नेमकिपा, भक्तपुर जिल्ला समितिका उपाध्यक्ष न्हुछेभक्त फोजुले देशको सार्वभौमिकता खतरामा रहेको भन्दै आजसम्म सरकारमा गएका पार्टीहरूले इमानदारीपूर्वक काम नगरेकै कारण लाखौँ युवा बिदेसिएको भनाइ राख्नुभयो ।
नेमकिपा, रामेछाप काठमाडौँ सम्पर्क समितिका अध्यक्ष धनबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा आगामी प्रतिनिधिसभाको निर्वाचनमा नेमकिपाको तर्फबाट रामेछाप जिल्लाका प्रत्येक्ष उम्मेदवार केशरी श्रेष्ठ र दोलखाका प्रत्येक्ष उम्मेदवार विमला श्रेष्ठ, विद्यार्थी श्रीराम श्रेष्ठले पनि मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा कलाकार विनोद विकले गीत प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *