नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
पेइचिङ, ३ फागुन (सीआरआइ) । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समिति र राज्य परिषद्ले फेब्रुअरी १४ का दिन बिहान जन बृहत सभाभवनमा वसन्त महोत्सवको आयोजना गरेको छ । कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष, केन्द्रीय समितिको सैन्य आयोगका अध्यक्ष सी चिनफिङले केन्द्रीय समिति र राज्य परिषदको तर्फबाट देशभरका सबै जातीय समूहका मानिसहरू, साथै हङकङ, मकाउ र ताइवानका देशवासीहरू र विदेशमा रहेका चिनियाँहरूलाई नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभएको छ ।
चिनियाँ राष्ट्राध्यउक्ष सी चिनफिङले जोड दिनुभएअनुसार समाप्त हुन लागेको सर्प वर्ष एक असाधारण वर्ष हो । जटिल र निरन्तर परिवर्तनशील अन्तर्राष्ट्रिय र घरेलु परिस्थितिको सामना गर्दै हामी चुनौतीको सामना गर्दै अगाडि बढ्यौँ, पार्टी र देशको उद्देश्यमा नयाँ प्रगति र उपलब्धिहरूलाई प्रवद्र्धन गर्दै वर्षभरि आर्थिक र सामाजिक विकासका लागि मुख्य लक्ष्य र कार्यहरू सफलतापूर्वक सम्पन्न भएको छ । १४ औँ पञ्चवर्षीय योजना सफलतापूर्वक सम्पन्न भयो र चिनियाँ शैलीको आधुनिकीकरणले नयाँ र ठोस कदम चाल्यो ।
सन् २०२६ चीनको कम्युनिस्ट पार्टीको स्थापनाको १०५ औँ वार्षिकोत्सव हो र १५ औँ पञ्चवर्षीय योजनाको पहिलो वर्ष हो । नयाँ युगको लागि चिनियाँ विशेषतासहितको समाजवादमा सी चिनफिङ विचारधाराको मार्गदर्शन पालना गर्नुपर्छ, नयाँ विकास ढाँचाको निर्माणलाई तीव्र बनाउनुपर्छ, उच्च गुणस्तरीय विकासलाई प्रवद्र्धनमा ध्यान केन्द्रित गर्नुपर्छ, सामाजिक सद्भाव र स्थिरता कायम राख्नुपर्छ र १५ औँ पञ्चवर्षीय योजनाको राम्रो सुरुवात हासिल गर्न प्रयासरत पार्टीको व्यापक र कडा शासनलाई निरन्तर अगाडि बढाउनुपर्छ ।
चिनियाँ संस्कृतिमा घोडाशक्ति, लचिलोपन र दृढताको प्रतीक हो । राष्ट्राध्यक्ष सीले देशभरका सबै जातीय समूहका मानिसहरू पार्टी केन्द्रीय समिति वरिपरि अझ नजिकबाट एकताबद्ध हुने, विजयमा आफ्नो विश्वास बलियो बनाउने, चिनियाँ शैलीको आधुनिकीकरणको नयाँ यात्रामा अगाडि बढ्ने र संयुक्त रूपमा राम्रो भविष्य सिर्जना गर्ने आशा व्यक्त गर्नुभएको छ ।
केन्द्रीय नेतागणद्वारा भेट्रान कमरेडहरूसँग भेट
त्यस्तै वसन्त चाड नजिकिँदै गर्दा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव, जन गणतन्त्र चीनका राष्ट्राध्यक्ष एवम केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले अन्य पार्टी र राज्य नेतागणसँग मिलेर हु चिनथाउ, चु रूङची, ली रुइहुआन र वन जियाबाओ लगायतका भेट्रान कमरेडहरूलाई भेट्नुभयो वा सम्बन्धित अधिकारीहरूलाई भेट्न खटाउनुभयो । उहाँहरूले हार्दिक शुभकामना व्यक्त गरेर वसन्त पर्वमा सुस्वास्थ्यको कामना गर्नुभयो ।
भेट्रान कमरेडहरूले कृतज्ञता व्यक्त गर्नुभयो र महासचिव सी चिनफिङलाई चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको केन्द्र र सम्पूर्ण पार्टीको केन्द्रको रूपमा पूर्ण हृदयले समर्थन गर्ने व्यक्त गर्नुभयो । उहाँहरूले विगत एक वर्षमा पार्टी र देशले विभिन्न कार्यहरूमा हासिल गरेका उल्लेखनीय उपलब्धिको उच्च प्रशंसा गर्नुभयो । उहाँहरूको सर्वसम्मति छ कि १४ औँ पञ्चवर्षीय योजनाको अन्तिम वर्षमा, सी चिनफिङको केन्द्रमा रहेको चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिले सम्पूर्ण पार्टी, सम्पूर्ण सेना र देशभरका सबै जातीय समूहका जनतालाई एकताबद्ध र नेतृत्व गरी कठिनाइ पार गरेको छ र कडा परिश्रम गरेको छ, आर्थिक तथा सामाजिक विकासको मुख्य लक्ष्य र कार्य सफलतापूर्वक पूरा गरेको छ र चिनियाँ शैलीको आधुनिकीकरणतर्फ नयाँ र ठोस कदम चालेको छ । अनुभवी कमरेडहरूले आशा गर्नुभयो कि सम्पूर्ण पार्टी, सम्पूर्ण सेना र देशभरका सबै जातीय समूहका जनता कमरेड सी चिनफिङको केन्द्रमा रहेको चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको वरिपरि अझ नजिकबाट एकताबद्ध हुनेछन्, नयाँ युगका लागि चिनियाँ विशेषतायुक्त समाजवादमा सी चिनफिङ विचारधाराको मार्गदर्शन पालना गर्नेछन् र चिनियाँ शैलीको आधुनिकीकरणमार्फत बलियो देशको निर्माण र चिनियाँ राष्ट्रको महान् पुनरुत्थानलाई व्यापक रूपमा अगाडि बढाउन निरन्तर नयाँ परिस्थिति सिर्जना गर्नेछन् ।
Leave a Reply