तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
काठमाण्डौ, १५ बैशाख । बैशाख २८–३० मा हुने नेपाल क्रान्तिकारी विद्यार्थी संघको बाह«ौं राष्ट्रिय सम्मेलनको तयारीमा शनिबार काठमाण्डौ उपत्यकास्तरीय विद्यार्थी भेला नेपाल ल क्याम्पसमा सम्पन्न भयो ।
नेक्राविसंघ बाह«ौं राष्ट्रिय सम्मेलन तयारी समितिको आयोजनामा भएको कार्यक्रममा बोल्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले राष्ट्रिय सम्मेलनलाई राजनीतिक र वैचारिक कक्षा बनाउनुपर्ने बताउनुभयो ।
राजनीतिक पार्टी आफैमा राष्ट्रिय–अन्तर्राष्ट्रिय विषयवस्तु अध्ययन गर्ने र जीवन–व्यवहार सिक्ने विश्वविद्यालय हुनुपर्नेमा जोड दिंदै उहाँले जातीय, क्षेत्रीय र धार्मिक चिन्तनको आधारमा गरिने राजनीतिले अन्ततः फासीवादमा पु¥याउने विचार राख्नुभयो ।
साम्प्रदायिक आधारमा गरिने राजनीति अवैज्ञानिक राजनीति भएको प्रकाश पार्दै केन्द्रीय सचिव सुवालले कुनै पनि घटना र विचारलाई द्वन्द्वात्मक भौतिकवादी विचारको आधारमा विश्लेषण गर्न सिक्नुपर्ने बताउनुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवालले विश्व सर्वहारा वर्गमा गुरु कार्ल माक्र्सको २०० औं जन्म दिवसको अवसरमा माक्र्सका कृति र विचारको अध्ययन तथा छलफललाई अभियानको रुपमा अघि लानुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले माक्र्स र एंगेल्सले सैद्धान्तिक र राजनीतिक गतिविधि गर्दा तात्कालीन युरोपको अवस्थाबारे प्रशिक्षण दिनुभयो ।
नेक्राविसंघका केन्द्रीय संयोजक नीरज लवजूले नयाँ पुस्ताबीच माक्र्सवादी विचारलाई अझ व्यापक बनाउने र युवाहरुलाई माक्र्सवादी बनाउने अभियानको रुपमा नेक्राविसंघको राष्ट्रिय सम्मेलनलाई अघि बढाउने बताउनुभयो ।
उहाँले माक्र्सवादको अध्ययन आफैमा माक्र्सवादविरोधी विचारसँगको सैद्धान्तिक संघर्ष भएकोमा जोड दिनुभयो ।
कार्यक्रममा नेक्राविसंघका केन्द्रीय सचिव सविन ख्याजू र केन्द्रीय सदस्य सुरेश परियारले पनि बोल्नुभएको थियो ।
भेलाबाट आसन्न सम्मेलनको लागि आर्थिक र प्रचार समिति तथा सम्मेलनस्थल व्यवस्थापन समिति गठन गरियो ।
नेक्राविसंघको बाह«ौं राष्ट्रिय सम्मेलन आगामी बैशाख २८ गते त्रिवि केन्द्रीय क्याम्पस अडिटोरियम हल कीर्तिपुरमा हुने कार्यक्रमबीच नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें(रोहित)ले उद्घाटन गर्नुहुनेछ ।
Leave a Reply