भर्खरै :

काठमाडौँमा नेमकिपाको चुनावी प्रचार जारी

काठमाडौँमा नेमकिपाको चुनावी प्रचार जारी

काठमाडौँ, ६ फागुन । नेपाल मजदुर किसान पार्टीले काठमाडौँको १० वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा निर्वाचनको चुनावी प्रचार अभियान जारी राखेको छ ।
क्षेत्र नं. २ मा अनिल श्रेष्ठको नेतृत्वमा शङ्खरापुर साँखुमा, क्षेत्र नं. १ को कोटेश्वर बानेश्वरमा हरिशरण श्रेष्ठको नेतृत्वमा, क्षेत्र नं. ३ मा उम्मेदवार मदन श्रेष्ठको नेतृत्वमा, क्षेत्र नं. ४ मा रमेश डंगोलको नेतृत्वमा, क्षेत्र नं. ५ मा कृष्णमान श्रेष्ठको नेतृत्वमा टोखामा, क्षेत्र नं. ६ मा सनकमान महर्जनको नेतृत्वमा मनमैजुमा, क्षेत्र नं. ७ मा गणेशमाया डंगोलको नेतृत्वमा ठमेल, क्षेत्र नं. ८ मा उम्मेदवार बन्दना श्रेष्ठको नेतृत्वमा, क्षेत्र नं. ९ मा रवीन्द्र महर्जनको नेतृत्वमा नागर्जुन नपामा र क्षेत्र नं. १० मा हरिकुमार महर्जनको नेतृत्वमा कीर्तिपुरमा घरदैलोमा अपिल वितरण गर्दै चुनावी प्रचार कार्यक्रम भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *