नेपाली चलन, विदेशी अनुसन्धान
- फाल्गुन १४, २०८२
दार्चुला, ६ फागुन । नेपाल मजदुर किसान पार्टीले दार्चुला जिल्लाको शैल्यशिखर नपा वडा नं. २ का पाथ्रायणी र रातिसैनीमा प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारको सिलसिलामा घरदैलो कार्यक्रम भयो ।
घरदैलो कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् दार्चुलाका उम्मेदवार रमेशकुमार रावलले नेमकिपाले निर्वाचनलाई विश्वविद्यालयको कक्षाको रूपमा लिएको बताउनुभयो ।
निर्वाचन जनताको चेतनास्तर नाप्ने ब्यारोमिटर भएको स्पष्ट पार्दै उहाँले मतदाताहरुलाई सबै पार्टीको घोषणापत्र अध्ययन गरी मतदान गर्न आग्रह गर्नुभयो ।
समाजवादी राज्य व्यवस्था नआएसम्म कामदार जनताको हित नहुने उल्लेख गर्दै उहाँले निःशुल्क शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था समाजवादमा हुने बताउनुभयो ।
नेमकिपाका बलराम न्हिसुतुले कामदारवर्गको पक्षमा आवाज बुलन्द गर्ने नेमकिपाका उम्मेदवारहरुलाई मतदान गर्न अनुरोध गर्नुभयो । उहाँले राष्ट्रघातीलाई हराउन देशभक्त पार्टी नेमकिपालाई विजयी गराउन मतदान गर्नुपर्ने बताउनुभयो ।
Leave a Reply