नेपाली चलन, विदेशी अनुसन्धान
- फाल्गुन १४, २०८२
महिलाको मुटुको स्वास्थ्य
महिलाको मुटुको स्वास्थ्य : जोखिमहरूबारे जानकारी र रोकथामको महत्व
अमेरिकी हार्ट एसोसिएसनद्वारा सुरु गरिएको यो अभियानको उद्देश्य महिलाहरूमा मृत्युको प्रमुख कारणको रूपमा रहेको मुटुरोगको बारेमा जनचेतना जगाउनु हो । यसले महिलाहरूलाई आफ्नो मुटुको स्वास्थ्यको जिम्मेवारी लिन र जोखिम कम गर्न जीवनशैलीमा परिवर्तन गर्न प्रोत्साहित गर्दछ । ‘गो रेड फर वमेन’ को लागि महिलाहरूले मुटुरोगको बारेमा जनचेतना जगाउन र आफ्नो मुटुको स्वास्थ्यलाई नियन्त्रण गर्नको लागि धेरै कार्यहरू गर्नसक्छन् । अभियानको लागि र आफ्नो मुटुको सुरक्षा गर्न महिलाहरूले के गर्न सक्छन् भन्ने कुरा यहाँ दिइएको छ ।
मुटुरोगको जोखिम कारकहरूमा उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, मधुमेह, पारिवारिक इतिहास/जीवनशैली कारकहरू जस्तै धूमपान र निष्क्रिय जीवन समावेश छन् । तपाईँको व्यक्तिगत जोखिम बुझ्नको लागि स्वास्थ्य सेवा प्रदायकसँग नियमित जाँचहरू महत्वपूर्ण छन् । यसैले आफ्नो रक्तचाप, कोलेस्ट्रोल/रगतमा चिनीको स्तर जाँच गर्नुपर्नेछ । तनावले गर्दा उच्च रक्तचाप, अस्वस्थ खानपान र व्यायाममा कमी आउन सक्ने भएकोले तनाव कम गर्नु पर्नेछ । आफ्नो मुटुरोगको जोखिम र यसलाई कम गर्न के गर्न सक्नुहुन्छ भन्नेबारेमा आफ्नो डाक्टरसँग परामर्श लिनुपर्नेछ । यसका साथै ‘गो रेड फर वमेन’ को सन्देश साथीभाइ, परिवार र सहकर्मीहरूलाई सुनाउनुपर्नेछ । यदि तपाईले मुटुरोगलाई जित्नुभएको छ भने मुटु स्वास्थ्य सुधारमा तपाईँले चाल्नुभएका कदमहरू बारेमा अरुलाई बताउनुपर्नेछ । ‘गो रेड फर वमेन’ द्वारा सञ्चालित जनचेतनामूलक अभियानमा सहभागी जनाउनुपर्नेछ । एकअर्कालाई सशक्त बनाउनाले मुटु स्वास्थ्यको ख्याल राख्ने महिलाहरूको बलियो समुदाय सिर्जना हुन्छ । यी कार्यहरू गरेर महिलाहरूले आफ्नो स्वास्थ्यमा मात्र नभएर सबै महिलाहरूको मुटुको स्वास्थ्यको महत्वबारेमा जनचेतना फैलाउन पनि सक्रिय हुनसक्छन् । यसको प्रमुख लक्ष्य भनेको महिला स्वास्थ्यको कुराकानीमा मुटुरोगलाई प्राथमिकतामा राख्नु र यसबाट प्रभावित महिलाहरूको सङ्ख्या न्यूनीकरण गर्नु हो ।
किन महिलाको मुटुको स्वास्थ्य महत्वपूर्ण छ ?
मुटुरोगले धेरैजसो पुरुषहरूलाई असर गर्छ भन्ने भनाइ छ तर वास्तवमा विश्वव्यापी रूपमा महिलाहरूको मृत्युको प्रमुख कारण मुटुरोग देखिएको छ । यसका बाबजुद, धेरै महिलाहरूले मुटुको स्वास्थ्यको सन्दर्भमा सामना गर्ने अनौठो जोखिमहरूबारे अनभिज्ञ रहन्छन् । यस लेखमा, हामी किन मुटुरोगले महिलाहरूलाई फरक तरिकाले असर गर्छ, महिलाहरूको लागि विशेष जोखिम कारकहरू र महिलाहरूले आफ्नो मुटुको स्वास्थ्य जोगाउन गर्नसक्ने उपायहरू पत्ता लगाउनु कोसिस गरिन्छ ।
महिलाहरूमा मुटुरोग एक मौन महामारी हो । अमेरिकन हार्ट एसोसिएसनका अनुसार ३ मध्ये १ महिलाको मृत्यु मुटुरोगबाट हुन्छ, अझै झण्डै आधा महिलाहरूले मात्र मुटुरोगलाई आफ्नो नम्बर एक स्वास्थ्य खतराको रूपमा स्वीकार्छन् । मुटुरोगको लक्षण र जोखिमका कारकहरू पुरुषहरूको तुलनामा महिलाहरूमा फरक हुनसक्छ, जसले गर्दा यसको निदान र उपचारमा ढिलाइ हुन्छ । महिलाहरूमा मुटुरोगको सङ्क्रमण जीवनको उत्तराद्र्धमा हुन्छ, समान्यतया र महिनावारी रोकिएपछि, तर सबै उमेरका महिलाहरूले यो रोगका जोखिमका कारकहरू र यसको रोकथामको बारेमा बुझ्नुपर्दछ ।
मुटुरोग महिला स्वास्थ्यको लागि एक प्रमुख खतरा हो तर यो धेरै हदसम्म सक्रिय उपायहरूद्वारा रोकथाम गर्न सकिन्छ । मुटुमैत्री जीवनशैली अपनाएर, आहार, व्यायाम, तनाव व्यवस्थापन र नियमित जाँचहरूमार्फत महिलाहरूले आफ्नो जोखिमलाई उल्लेखनीय रूपमा कम गर्न र लामो स्वस्थ जीवन बाँच्न सक्छन् । तपाईँको मुटुको हेरचाह गर्ने कार्य सुरुवात गर्न कहिले पनि धेरै चाँडो वा धेरै ढिलो हुँदैन । त्यसले यसलाई आज नै प्राथमिकतामा राख्नुपर्ने छ ।
कसरी मुटुरोगले महिलाहरूलाई फरक असर गर्छ ?
मुटुरोगलाई बढावा दिने उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल र निष्क्रिय जीवनशैली तत्वहरू पुरुष र महिला दुवैको लागि समान छ तर महिलाहरूमा पार्ने प्रभाव धेरै नै फरक हुन्छ । केही प्रमुख भिन्नताहरूमा :
क. जोखिम कारक
हर्मोनबाट हुने परिवर्तनहरू : इस्ट्रोजन हर्मोनले मुटुको सुरक्षा गर्छ तर महिलाहरूको उमेर बढ्दै गएपछि र रजोनिवृतिमा प्रवेश गरेपछि इस्ट्रोजन हर्मोनको मात्रा घट्छ, जस्ले मुटुरोगको जोखिम बढाउन सक्छ ।
गर्भावस्थाका जटिलताहरू :
(प्रिक्लाम्पसिया), गर्भावस्थाको मधुमेह र समयपूर्व जन्मले महिलाको जीवनमा मुटुरोगको जोखिम बढाउन सक्छ ।
स्वप्रतिरक्षात्मक रोगहरू : महिलाहरू लुपस र रुमेटोइड गठियाजस्ता स्वप्रतिरक्षात्मक रोगहरूबाट पीडित हुने सम्भावना बढी हुन्छ, जुन मुटुरोगको बढ्दो जोखिमसँग जोडिएको हुन्छ ।
डिप्रेसन र मानसिक स्वास्थ्य ः डिप्रेसन र तनाव महिलाहरूमा मुटुरोगको उच्च जोखिमसँग जोडिएको छ । दीर्घकालिन तनावले रक्तचाप बढाउन सक्छ र यसले हृदयघात वा स्ट्रोकको जोखिम बढाउन सक्छ ।
ख) मुटुरोगका लक्षणहरू :
महिलाहरूले प्रायः पुरुषहरूभन्दा मुटुरोगका फरक वा कम स्पष्ट लक्षणहरू अनुभव गर्छन् । जब कि पुरुषहरूले छाती दुख्ने अनुभव गर्छन्, महिलाहरूले निम्नलिखित थप सूक्ष्म सङ्केतहरू अनुभव गर्नसक्छन् । जस्तैः
– सास फेर्न गा¥हो हुने
– थकान
– वाकवाकी वा उल्टी
– घाँटी, पछाडि वा बङ्गारामा दुखाइ
– हल्का टाउको दुख्नु वा चक्कर लाग्नु
यी लक्षणहरू अन्य रोगका लक्षणहरूसँग मिल्दोजुल्दो भएको कारण मुटुरोगको उपचार खोज्न ढिलाइ हुन्छ ।
ग) हृदयघात प्रस्तुति
हृदयघात भएका महिलाहरूले इलेक्ट्रोकार्डियोग्राममा पुरुषहरूको जस्तै Pattern नदेखाउन सक्दछन् जसले गर्दा गलत निदान वा उपचारमा ढिलाइ हुनसक्दछ । मुटुरोगको समान गम्भीरता अनुभव गरे तापनि पुरुषहरूको तुलनामा महिलाहरूले छिटो उपचार पाउने सम्भावना पनि कम हुन्छ ।
महिलाहरूले मुटुरोगबाट बच्न गर्नसक्ने उपायहरू
मुटुरोगको रोकथाम सबै उमेरका महिलाहरूको लागि आवश्यक छ किनभने विश्वमा मुटुरोग महिलाहरूको लागि मृत्युको प्रमुख कारण हो । उमेर, पारिवारिक इतिहास र रजोनिवृतिजस्ता केही जोखिम कारकहरू महिलाको नियन्त्रण बाहिर हुँदा धेरैजसो जीवनशैली परिवर्तन र रोकथाम उपायहरूले जोखिमलाई उल्लेखनीय रूपमा कम गर्न सक्दछ । यहाँ महिलाहरूले आफ्नो मुटुको स्वास्थ्य जोगाउन अपनाउन सक्ने केही महत्वपूर्ण उपायहरू दिइएको छ :
१. स्वस्थ खानपानमा ध्यान दिनु होस्
– मुटु स्वस्थ आहार खानु मुटुरोगबाट बच्ने सबैभन्दा प्रभावकारी तरिकाहरूमध्ये एक हो । राम्रो सन्तुलित आहारले स्वस्थ तौल कायम राख्न, कोलेस्ट्रोल घटाउन, रक्तचाप कम गर्न र रगतमा चिनीको मात्रा स्थिर राख्न मद्दत गर्दछ ।
– प्रशोधन नगरिएका खानेकुराहरूमा ध्यान दिनुहोस् । आफ्नो आहारमा प्रशस्त मात्रामा फलफूल, तरकारीहरू, अन्न समावेश गर्नुहोस् । यी खानेकुरा प्रशस्त मात्रामा रेशा र एन्टिअक्सिडेन्टयुक्त हुन्छ जसले मुटुरोगबाट बचाउँछ ।
– स्वस्थ चिल्लो छनोट गर्नुहोस् । जैतुनको तेल, एभोकाडो र नटहरूमा पाइने जस्ता असंतृप्त चिल्लोहरू (Unsaturated fat) छनौट गर्नुहोस् । संतृप्त चिल्लो (Saturated fat) मक्खन, रातो मासुमा र पूर्ण चिल्लो डेरीमा पाइने भएकोले थोरै मात्र प्रयोग गर्नुहोस् र ट्रान्फ्याटहरू प्रशोधित खाद्यपदार्थ र बेकरीमा पाइने भएकोले यी खानाहरू खान बन्द गर्नुहोस् ।
– सोडियम सीमित गर्नुहोस् । धरै नुनले रक्तचाप बढाउन सक्छ । सोडियम उच्च हुने प्रशोधित खानाहरूभन्दा ताजा खानाहरू छनौट गर्नुहोस् ।
– थोरै खानुहोस् चाहे स्वस्थ खाना नै किन नहोस् । धेरै खाने गर्नाले शरीरको तौल बढ्न सक्छ जसले मुटुरोगको जोखिम बढाउँछ । त्यसैले आवश्यक मात्रामा सन्तुलित खाना खानुहोस् ।
२. नियमित व्यायाम गर्नु होस् ।
३. स्वस्थ तौल कायम राख्नुहोस् ।
४. धूमपान छोड्नुहोस् ।
५. तनाव व्यवस्थापन गर्नुहोस् ।
६. रक्तचाप र कोलेस्ट्रोललाई निगरानीमा राख्नुहोस् ।
७. मधुमेह नियन्त्रण गर्नुहोस् ।
८. रक्सी सेवन नगर्नुहोस् वा निकै कम गर्नुहोस् ।
९. आफ्नो पारिवारिक इतिहास जान्नुहोस् ।
१०. नियमित स्वास्थ्य जाँच गर्नुहोस् ।
महिलाहरू आफ्नो सम्पूर्ण परिवारको मुटुको स्वास्थ्य सुधार गर्नको लागि विशिष्ट स्थानमा छन् । मुटु स्वस्थ बानीहरू अपनाएर असल उदाहरण प्रस्तुत गरेर, अग्रणी र सहयोगी स्वस्थ वातावरण सिर्जना गरेर, महिलाहरूले आफ्ना प्रियजनहरूको स्वास्थ्यमा दिगो प्रभाव पार्न सक्छन् । उनीहरूले आज गरेका परिवर्तनहरूले मुटुरोगको जोखिम कम गर्न र उनीहरूको परिवारको लागि स्वस्थ भविष्य सिर्जना गर्न मद्दत गर्नेछ । यो सुनिश्चित गर्दै जानुहोस् कि मुटु स्वास्थ्य सबैको लागि प्राथमिकता हो । साँच्चै भन्ने हो भने महिलाहरूले घरमा स्वस्थ बानीहरू पालना गरेमा आफ्नो सम्पूर्ण परिवारको मुटु स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउन सक्छन् ।
स्रोत : ‘मुटु’, २०८२ माघ
Leave a Reply