नेपाली चलन, विदेशी अनुसन्धान
- फाल्गुन १४, २०८२
बर्दिया, ६ फागुन । नेपाल मजदुर किसान पार्टी बर्दिया जिल्ला समितिको आयोजनामा सोमबार नेमकिपाको ५२ औँ स्थापना दिवस तथा चुनावी तयारी भेला सम्पन्न भयो ।
भेलामा नेमकिपाका लुम्बिनी प्रदेश संयोजक हरिसुन्दर वासीले २०३१ माघ १० गते पार्टी स्थापना भएदेखि नै देश र जनताको निःस्वार्थ सेवा गर्दै आएको स्पष्ट पार्दै निर्वाचन पनि जनतालाई सचेत र सङ्गठित बनाउने राजनीतिक अभियान हो भन्नुभयो ।
राजनीतिक सचेतना र आलोचनात्मक चिन्तनको कमी भएका मतदाताहरूले पछि पश्चाताप गर्ने गरेको उल्लेख गर्दै संयोजक वासीले देश र जनताको हित सुनिश्चित गर्न नेमकिपाले सङ्घर्ष गरिरहेको छ भन्नुभयो ।
नेमकिपा बर्दियाका अध्यक्ष हरिलाल न्यौपानेले निर्वाचन पनि वर्गीय र राजनीतिक सङ्घर्ष हो भन्नुभयो ।
बर्दिया क्षेत्र नं १ बाट नेमकिपाका उम्मेदवार पवित्रा शाहीले जनताको बिचमा इमानदारीपूर्वक हुर्केका कार्यकर्ताहरू प्रहरी, प्रशासन र अदालत देखाएर तर्साउने शासक दलका नेता कार्यकर्ताहरूसँग नडराउने स्पष्ट पार्नुभयो ।
बर्दिया क्षेत्र नं २ बाट नेमकिपाका उम्मेदवार धर्मराज जैसी आचार्यले निर्वाचन प्रचारको लागि जनताको घर घर जाँदा नेमकिपाप्रति हार्दिकता र भरोसा व्यक्त गरेको अनुभव सुनाउनुभयो ।
Leave a Reply