भर्खरै :

निर्वाचन जनताको चेतनास्तर नाप्ने ब्यारोमिटर

निर्वाचन जनताको चेतनास्तर नाप्ने ब्यारोमिटर

सुर्खेत, ९ फागुन । नेपाल मजदुर किसान पार्टी चुनाव प्रचार प्रसार समिति सुर्खेत क्षेत्र नं. २ को आयोजनामा सुर्खेतको पश्चिम भुडेवार, बिजौरा, मायाताल, तोर्सा हुँदै गुडुबजारमा घरदैलो एवम् कोणसभा कार्यक्रम शनिबार भयो ।
बिजोरामा भएको कोणसभामा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला क्षेत्र नं. २ का प्रत्यक्षतर्फका उम्मेदवार तुलसी खड्काले पालैपालो सत्तामा जाने र भागबन्डा गर्ने शासक पार्टीहरूको विरोधमा नेमकिपाले उम्मेदवारी दिएको र जनताको चेतनास्तर नाप्ने ब्यारोमिटरको रूपमा लिई पार्टीले निर्वाचनलाई उपयोग गरिरहेको बताउनुभयो ।
कामदार जनताको आवाजलाई संसद्मा उठाउन र जनतालाई राजनीतिकरूपमा सचेत पार्न नेमकिपाका उम्मेदवारहरूलाई निर्वाचित गर्नु जरूरी भएको उहाँले बताउनुभयो ।
नेमकिपा चुनाव प्रचार समिति सुर्खेत क्षेत्र नं. २ का संयोजक अकलबहादुर राना, निरकबहादुर शाही, गगन विकलगायतले कोणसभामा बोल्नुभएको थियो ।
कोणसभा हुनुअघि बजारभरि पार्टीको पर्चा र अपिल वितरण गरी घरदैलो कार्यक्रम गरेको थियो । यसरी नै नेका, एमाले, नेकपाका उम्मेदवारहरूको पनि घरदैलो कार्यक्रम भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *