नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
भक्तपुर, ९ फागुन । शैक्षिक विकास समाज ब्यासी २ भक्तपुरको आयोजनामा फागुन ६ गते ‘वर्तमान समयमा बौद्धिक जगतको भूमिका’ विषयक प्रवचन कार्यक्रम भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले राम्रो संस्कृतिले निष्कर्षसहित गन्तव्यमा पु¥याउन सहयोग गर्छ भन्नुभयो ।
सही अध्ययनले व्यक्ति र परिवारलाई विश्रृङ्खलित हुनबाट जोगाउने उल्लेख गर्दै उहाँले नेवारी संस्कृति र संस्कारले यही सिकाउँछ भन्नुभयो ।
शैक्षिक विकास समाजले पनि समाजको विभिन्न क्षेत्रमा आइपरेका विषयवस्तुको गहिरो अध्ययन गर्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।
नेपालमा विदेशी चलखेल बढ्नु सरकारमा गएका पार्टी नेताहरूकै कमजोरीको कारण भएको उल्लेख गर्दै उहाँले भदौ २३ र २४ गतेको घटनाले नेपालमा एनजीओ, आइएनजीओको चलखेलतर्फ पनि सचेत हुनुपर्ने बताउनुभयो ।
६७ वर्षको क्युवाली समाजवादले मानवीयताका लागि काम गरेको चर्चा गर्दै उहाँले हरेक क्युवाली डाक्टरहरूले विभिन्न देशमा स्वयम्सेवी चिकित्सकको रूपमा सेवा गरेको यथार्थबारे स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “सङ्घर्ष कठिन छ , बाटो चुनातीपूर्ण छ तर नेमकिपाले देश र जनताप्रतिको प्रतिबद्धता तथा सेवालाई प्राथमिकतामा राखेको छ ।” चुनावको समयमा बौद्धिक क्षेत्रले सही विचारको राजनीति गर्ने पार्टीको पक्षमा जनतालाई सुसूचित गर्ने र अहम् भूमिकालाई बिर्सन नहुने धारणा पनि उहाँले व्यक्त गर्नुभयो ।
प्राध्यापक विश्वमोहन जोशीले विश्वमा मानव अधिकारको वकालत गर्ने अमेरिकी साम्राज्यवाद विदेशी राष्ट्रहरूमा हतियार बेचेर युद्ध गराई पहिलो हुन चाहिरहेको विचार राख्नुभयो ।
प्राध्यापक जोशीले जनताको सेवामा विचार राख्नेले मात्र सोको यथार्थ झल्किने धारणा राख्नुभयो ।
ख्वप कलेजका संस्थापक सदस्य एवं जननिर्वाचित पूर्ववडाध्यक्ष रवीन्द्र खर्बुजाले वर्तमान समयमा बौद्धिक जगत्को भूमिका अपरिहार्य भएको बताउँदै हरेक बुद्धिजीवीहरूले आत्म मूल्याङ्कन तथा आत्मसमीक्षाका साथ न्यून वर्गको लागि काम गर्ने पार्टीको वकालत गर्नसक्नुपर्नेमा जोड दिनुभयो ।
शिक्षा विकास समाजका सुनिता घटुवा,कृष्णप्रसाद सुवाल र अजयन्द्रकुमार लघुले पनि बोल्नुभएको उक्त कार्यक्रम समाजका अध्यक्ष डा.रत्नसुन्दर लासिवाको सभापतित्वमा भएको थियो ।
Leave a Reply