नेपाली चलन, विदेशी अनुसन्धान
- फाल्गुन १४, २०८२
भक्तपुर, ९ फागुन । उदय बचत तथा ऋण सहकारी संस्था लि.को ३० औँ स्थापना दिवसको अवसरमा स्वास्थ्य शिविर सम्पन्न भयो ।
उक्त शिविरमा ४४ जना महिलाले पाठेघर, स्तन परीक्षण फिजियोथेरापीबाट निःशुल्क स्वास्थ्य सेवा पाएका छन् भने १८ जना बालबालिकाको निःशुल्क स्वास्थ्य परीक्षण परामर्श भएको थियोे ।
सिद्धि स्मृति अस्पतालका बाल विशेषज्ञ डा. राजेन्द्र शिल्पकारले विगतको तुलनामा बढेको मौसमी रूघाखोकी इन्फ्लुएञ्जाको जोखिमबाट हुने निमोनिया, स्वासप्रस्वासमा जटिल समस्या देखिने भएकोले व्यक्तिगत सरसफाइ र स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने बताउनुभयो ।
जङ्कफुडको अत्यधिक प्रयोगले पाउनुपर्ने पौष्टिक तत्व शरीरले नपाउँदा कुपोषणको सङ्क्रमण बढ्दै गएको बताउँदै घरायसी रूपमा उपलब्ध पौष्टिक तत्वले भरिएको खानेकुरा सन्तुलित रूपमा खुवाउन जोड दिनुभयो ।
उक्त स्वास्थ्य शिविरमा सिद्धि स्मृति अस्पताल भक्तपुरका चिकित्सकहरूले प्राविधिक सहयोग गरेका थिए ।
स्थापना दिवसकै अवसरमा संस्थाको युवा तथा सांस्कृतिक उपसमितिको आयोजनामा तीनमहिने मादल र बाँसुरी बाजाको प्रशिक्षण फागुन २८ गतेदेखि सञ्चालन हुने भएको छ । यसको लागि यहीँ फागुन २५ गतेभित्र नाम दर्ता गर्न सकिनेछ ।
Leave a Reply