नेपाली चलन, विदेशी अनुसन्धान
- फाल्गुन १४, २०८२
तनहुँ १०, फागुन । नेपाल मजदुर किसान पार्टीको तर्फबाट प्रतिनिधिसभा निर्वाचनमा तनहुँ क्षेत्र नं २ का उम्मेदवार लक्ष्मण अधिकारीको टोलीले भिमाद नगरपालिका वडा नं ५ को रिसिङ्ग पाटन र भिमाद बजारमा घरदैलो तथा स्थानीयसँग भेटघाट सम्पन्न ग¥यो ।
भेटघाट तथा छलफलमा नेपाल क्रान्तिकारी युवा सङ्घका अध्यक्ष मिनबहादुर बाटाले बाटो, कुलो, नहर, पुलजस्ता विकास निर्माणको काम गर्न स्थानीय तहको बन्दोबस्त भएको र संसद् देशको नीति निर्माण तथा अन्तर्राष्ट्रिय सन्धि–सम्झौताबारे छलफल गर्ने थलो रहेको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “नेपाल मजदुर किसान पार्टीका उम्मेदवार निर्वाचित भए पनि नभए पनि नेमकिपाका प्रतिनिधिहरूले स्थानीय समस्याबारे जनताका आवाजलाई सम्बन्धित निकायमा पु¥याउनेछ ।”
नेपाल मजदुर किसान पार्टीको तर्फबाट तनहुँ क्षेत्र नं २ का उम्मेदवार लक्ष्मण अधिकारीले तनहुँका जनताले नेपाल मजदुर किसान पार्टीलाई विजयी गराए आफूहरूले सम्बन्धित निकाय तथा प्रतिनिधिसभामा तनहुँका समस्या समाधानका निम्ति आवाज उठाउने बताउनुभयो ।
उहाँले विदेशीका दलालहरूलाई परास्त गरी देशको सार्वभौमिकता रक्षा गर्न सदनमा नेमकिपाको खाँचो छ भन्नुभयो ।
स्थानीय जनताले रिसिङ्ग पाटनमा सिँचाइको समस्या रहेको बताउनुभयो । पूर्वतर्फ फेदीखोला र पश्चिमतर्फ वान्टाङ्ग खोला बगेको बिचको उर्वर समथर भूमि रिसिङ्ग पाटनमा सिँचाइको व्यवस्था छैन । सरकारले खोलाबाट पानी लिफ्ट गरी सिँचाइको व्यवस्था गरिदिए कृषि उत्पादनबाट रिसिङ्ग पाटनका जनता आत्मनिर्भर बन्न सकिने स्थानीय नारायणदत्त गैरे, मिरा गैरे, बोधराज गैरे, कृष्णप्रसाद गैरेलगायतको भनाइ रहेको छ ।
यसैगरी, तनहुँको आयोजनामा म्याग्दे गाउँपालिका वडा नं ७ स्थित समिधारामा चुनावी सभा शनिबार सम्पन्न भयो ।
सभामा नेपाल क्रान्तिकारी युवा सङ्घका अध्यक्ष मिनबहादुर बाटाले जनताको शिक्षा, स्वास्थ्य निःशुल्क गराउन, देशको सार्वभौमिकता रक्षा गर्न, भ्रष्टाचारीलाई मृत्युदण्डसमेतको सजाय दिलाउन एवम् युवालाई स्वदेशमै रोजगारी दिन लड्ने दलका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो ।
उहाँले निर्वाचन घोषणापत्रको लडाइँ तथा वर्गसङ्घर्ष नै भएको हुँदा कामदार जनता राजनीतिक रूपले सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपाल मजदुर किसान पार्टीको तर्फबाट तनहुँ क्षेत्र नं २ का उम्मेदवार लक्ष्मण अधिकारीले कामदार जनताको मुक्तिको निम्ति नेपाल मजदुर किसान पार्टीको सङ्घर्ष जारी रहेको चर्चा गर्दै तनहुँका जनताले नेपाल मजदुर किसान पार्टीलाई विजयी गराए आफूहरूले प्रतिनिधिसभामा देश र जनताको पक्षमा नीति निर्माण गर्न सङ्घर्ष गर्ने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका समानुपातिक उम्मेदवार रामबहादुर नेपालीले शासक दलहरूले निर्वाचनमा
लोभलालच देखाई जनता झुक्याउन सक्ने भएकाले तनहुँका जनता सचेत हुनु जरुरी रहेको आवश्यकता औँल्याउनुभयो ।
सोही दिन व्यास नपा वडा नं ६ को अमे्रनीमा पनि स्थानीय जनताबिच नेपाल मजदुर किसान पार्टीका उम्मेदवार तथा कार्यकर्ताहरूको आसन्न निर्वाचनबारे छलफल भयो ।
यस्तै, भेटघाट र छलफल कार्यक्रम जनमत पार्टी, प्रलोपा, राजपा र नाउपाले पनि तीव्र पारेका छन् ।
Leave a Reply