भर्खरै :

गुल्मी र पाल्पामा घरदैलो कार्यक्रम

गुल्मी र पाल्पामा घरदैलो कार्यक्रम

पाल्पा, १० फागुन । प्रतिनिधिसभाको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन पाल्पा र गुल्मीमा घरदैलो कार्यक्रम तथा कोण सभा भएको छ ।
शनिबार भएको कोणसभा पार्टीका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश संयोजक हरिसुन्दर वासीले आम निर्वाचन एक वर्गसङ्घर्ष र राजनीतिक सङ्घर्ष हुनुको साथै जनताको चेतनास्तर नाप्ने व्यारोमिटर भएको बताउनुभयो ।
नेमकिपालाई जति बढी मत आउँछ त्यति नै समाजवादी आन्दोलन अगाडि बढाउन परिस्थिति मिल्ने उल्लेख गर्दै उहाँले समाजवादमा शिक्षा – स्वास्थ्य निःशुल्क, योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोबस्त हुन्छ भन्नुभयो ।
नेमकिपा लुम्बिनी प्रदेशका सदस्य हरिप्रसाद बासुकलाले नेमकिपाले निर्वाचनलाई घोषणापत्रको सैद्धान्तिक लडाइँको रूपमा लिएको विचार व्यक्त गर्नुभयो ।
“पुँजीवादी सरकारमा जाने पार्टी नक्कली कम्युनिस्ट हो, नक्कली कम्युनिस्टदेखि हामी सचेत हुनु जरूरी छ”, उहाँले भन्नुभयो ।
पाल्पा क्षेत्र नं. २ का उम्मेदवार कृष्णशोभा मुस्याख्व र गुल्मी क्षेत्र नं. १ का उम्मेदवार मैयाँलक्ष्मी त्यातले नेमकिपाका उम्मेदवारहरूले घोषणापत्रअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *