नेपाली चलन, विदेशी अनुसन्धान
- फाल्गुन १४, २०८२
दार्चुला, ११ फागुन । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् दार्चुलाका उम्मेदवार रमेशकुमार रावलले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारको क्रममा शैलेशिखर नपा वडा नं. ९ बसकोट र फागुन १० गते नौगाड गापा वडा नं.३ खार, जामिर र सौकेबजार, वडा नं. ५ होपरिगाड, उरालु, स्यालाबगर, चिउरेबगर, भुरभुरे वडा नं. ६ मसानेबगर, धुलिगाड, देथला, सुन्दरपुर र कर्कलेमा घरदैलो कार्यक्रम गरेको छ ।
“शासक दलहरूले गलत नीतिकै कारण देशको ऋण २८ खर्बभन्दा पुगेको र कृषिप्रधान देशले खाद्यान्नसमेत आयात गर्नुपर्ने स्थिति आयो”, उहाँले भन्नुभयो ।
उत्पादनका मुख्य मुख्य साधन र सेवा राष्ट्रियकरण गरेर देशको उत्पादन बढाई आयात घटाउनुपर्ने आवश्यकता औँल्याउँदै भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण, विदेशमा सम्पत्ति राख्न नपाउने, ठुला भ्रष्टाचारीलाई ज्यान सजायसमेतको कानुनी बन्दोबस्तको लागि नेमकिपाका उम्मेदवारहरूलाई निर्वाचित गर्नु जरुरी भएको उहाँले बताउनुभयो ।
Leave a Reply