नेपाली चलन, विदेशी अनुसन्धान
- फाल्गुन १४, २०८२
भक्तपुर, ११ फागुन । सूर्यविनायकमा स्थानीय जनताबिच भएको भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशका सभासद् सृजना सैँजुले देशमा २५ प्रतिशत जनता अझै गरिबीको रेखामुनि रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “समाजवाद एउटा आदर्श समाज हो जहाँ बहुमत मजदुर किसान र श्रमजीवी जनताको आधारभूत आवश्यकता सहज रूपले पूर्ति हुन्छ । नेमकिपाले त्यही प्राप्तिको निम्ति विभिन्न ऐतिहासिक आन्दोलनहरू गर्दै आएको हो । भनपाले शिक्षा, स्वास्थ्य, सरसफाइ सम्पदा संरक्षणको क्षेत्रमा उल्लेखनीय प्रगति गरी जनतालाई निःस्वार्थपूर्वक सेवा गरेकै हुनाले नमुना नगरपालिका बन्न सकेको हो”, उहाँले बताउनुभयो ।
नेमकिपाले साम्राज्यवादी अमेरिकाको विरोधमा सङ्घर्ष गर्न जनतालाई जागरुक बनाएको उल्लेख गर्दै उहाँले पार्टी स्वाधीन मुलुक बनाउन सदन र सडकमा सङ्घर्षरत रहेको बताउनुभयो ।
पूर्वशिक्षक उद्धव सुजखुले समाज विकास क्रममा समाजवाद र साम्यवाद नै नयाँ विचार हो† सुखी, सभ्य र सुसंस्कृत समाज वैज्ञानिक समाजवादमा मात्र सम्भव छ† त्यसको निम्ति नेमकिपा लड्दै आइरहेको बताउनुभयो ।
युवा विद्यार्थी विभु किजुले पार्टीको सिद्धान्त र आधारभूत उद्देश्यहरूबारे प्रस्ट पाुर्नभयो । चुनाव प्रचार समितिका संयोजक पशुपति प्रजापतिको सभापतित्वमा भएको उक्त भेलामा शिवराम किजुले पनि बोल्नुभएको थियो ।
Leave a Reply