नेपाली चलन, विदेशी अनुसन्धान
- फाल्गुन १४, २०८२
भक्तपुर, ११ फागुन । भक्तपुर घरेलु तथा साना उद्योग सङ्घ पर्यटन विकास समिति तथा गो लोकलको आयोजना तथा स्टोरी साइकलको सहकार्यमा लघु घरेलु तथा हस्तकला उद्योगबाट कार्बन फुटप्रिन्टसम्बन्धी कार्यशाला गोष्ठी आइतबार सम्पन्न भयो ।
सो अवसरमा स्टोरी साइकलका शौरभ ढकालले कार्बन फुटप्रिन्ट भनेको मानव गतिविधिहरू जस्तैः– यातायात, ताप र बिजुलीको लागि जीवाष्म इन्धन जलाउने कारणले वायुमण्डलमा उत्सर्जित हुने हरितगृह ग्यासहरूको कुल मात्रा (जसमा कार्बन डाइअक्साइड र मिथेनसहितको मिश्रण) र यसले जलवायु परिवर्तनमा व्यक्ति, संस्था वा उत्पादनको प्रभाव मापन गर्ने जानकारी गराउनुभयो ।
उहाँले विभिन्न हरितगृह ग्यासहरूलाई तिनीहरूको विश्वव्यापी तापक्रम वृद्धि क्षमताको आधारमा तुलना गर्न अनुमति दिने बताउनुभयो ।
ऊर्जा उत्पादन विश्वव्यापी उत्सर्जनको लगभग ३९.३ प्रतिशत बिजुली र ताप उत्पादनबाट आउने उहाँले जानकारी गराउनुभयो । उहाँले कार्बन फुटप्रिन्ट घटाउनाले जलवायु परिवर्तनलाई कम गर्न मद्दत पुग्ने जानकारी गराउनुभयो ।
गो लोकलका संयोजक वीरेन्द्र जतिले उद्योगबाट हुने कार्बन बिसर्जन मापनसम्बन्धी बोल्दै कार्बन बिसर्जनमा घरेलु तथा साना उद्योगको योगदानबारे बताउनुभयो ।
उद्योग तथा वाणिज्य कार्यालयका कार्यालय प्रमुख रामप्रसाद कुस्माले उद्योग दर्ता गर्दा वातावरणीय प्रभाव पार्ने उद्योगको आईई गरी मात्र दर्ता गरी सञ्चालन गर्नुपर्ने प्रावधान रहेको बताउनुभयो ।
सङ्घका अध्यक्ष श्यामसुन्दर श्रेष्ठको सभापतित्वमा भएको सो कार्यशाला गोष्ठी कार्यक्रममा भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष दिपेशराज शर्माले धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यशाला गोष्ठीमा हस्तकला, काष्ठकला, सेरामिक्स, नेपाली कपडा, फेल्ट तथा विभिन्न सङ्घ सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
Leave a Reply