भर्खरै :

“आदर्श समाज निर्माण गर्न नेमकिपाका नेता–कार्यकताहरू निःस्वार्थरूपमा लागिरहेको छ”

“आदर्श समाज निर्माण गर्न नेमकिपाका नेता–कार्यकताहरू निःस्वार्थरूपमा लागिरहेको छ”

भक्तपुर, ११ फागुन । नेपाल मजदुर किसान पार्टी निर्वाचन परिचालन समिति भक्तपुर क्षेत्र नं. १ को निर्वाचन प्रचार प्रसारको क्रममा आइतबार चाँगुनारायण नगरपालिका वडा नं. ७ स्वास्थ्य चौकी टोलमा जनसभा सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाको तर्फबाट भक्तपुर निर्वाचन क्षेत्र नं. १ उम्मेदवार एवं पार्टी सचिव प्रेम सुवालले भन्नुभयो, “एउटा आदर्श समाज निर्माण गर्न नेमकिपाका नेता–कार्यकर्ताहरू देश र जनताको निःस्वार्थ सेवा गर्दै हुनुहुन्छ । यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभाको निर्वाचनमा नेपाली जनतासामु नेमकिपाको मादल चुनाव चिह्नमा मतदान गर्नु उत्तम विकल्प हुनेछ ।ं
उहाँले भन्नुभयो, “नेमकिपाका सबै उम्मेदवार निर्वाचित भएमा पार्टीको घोषणापत्रअनुसार देश र जनताको निःस्वार्थ सेवामा निर्वाचित प्रतिनिधिहरू लागिपर्नेछन् । प्रम, उपप्रम र मन्त्री भएका पार्टीहरूलाई मत दिनु भष्मासुरलाई वरदानजस्तै हुनेछ र दूध पोखरीमा एक थोपा अमिलो राखेजस्तै हुनेछ ।”
अहिलेको पुँजीवादी गणतन्त्रको विकल्प राजतन्त्र नभई अगाडि बढेको समाजवादी गणतन्त्र हुने स्पष्ट पार्दै उम्मेदवार सुवालले भन्नुभयो, “पुँजीवादी गणतन्त्रले निजीकरणको निहुँमा उत्पादनका मुख्य मुख्य साधन र सेवा मुठीभरका व्यक्तिको कब्जामा दिनेछ । २५० वर्षको राजतन्त्रले देश र जनताको निःस्वार्थ सेवा गरेन । उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण हुने समाजवादी गणतन्त्र अहिलेको आवश्यकता हो ।”
सचिव सुवालले भन्नुभयो, “नेमकिपाको आधार कामदार वर्ग हो । साम्प्रदायिक पार्टी र व्यक्तिहरूले नेमकिपाविरुद्ध ‘सहरकेन्द्रित’ र ‘निश्चित जाति’ केन्द्रित आरोप लगाउँदै छन् । यो झूटा हो । नेपाली जनता सचेत हुनु जरुरी छ । नेमकिपाले सार्वभौमिकता रक्षाको आन्दोलनको नेतृत्व गर्दै आएको छ ।
सभामा नेमकिपा चाँगुनारायण नगर समितिका अध्यक्ष न्हुछेभक्त फोजू र नेमकिपाको तर्फबाट समानुपातिक उम्मेदवार बलराम काफ्लेले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *