्जखाङकी नाची
- फाल्गुन १४, २०८२
(नेमकिपाका सचिव एवम् भक्तपुर क्षेत्र नं. १ का उम्मेदवार प्रेम सुवालले फागुन ११ गते स्वतन्त्र व्यापार सङ्घ भक्तपुर र रफत सञ्चार क्लव भक्तपुरमा भेला भएका पत्रकारहरूसँग फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा मादल चिह्नमा मत राख्न अनुरोध गर्दै राख्नुभएको मन्तव्य)
नेमकिपाले निर्वाचनलाई घोषणापत्रको लडाइँ, एक वर्ग सङ्घर्ष, बृहत् राजनीतिक कक्षा र जनताको चेतनास्तर नाप्ने ब्यारोमिटरको रूपमा लिँदै आएको छ ।
निर्वाचनमा नेमकिपाले कामदार वर्गको प्रतिनिधित्व गर्छ भने सरकारमा प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्री भएका पार्टीहरूले शासकवर्गको प्रतिनिधित्व गर्छ । निर्वाचनमा सम्पूर्ण मजदुर, किसान, स–साना महाजन, मध्यमवर्ग, कर्मचारी, प्राध्यापक, शिक्षक, बुद्धिजीवी, डाक्टर, इन्जिनियर, कवि, कलाकारलगायत कामदार वर्गले नेमकिपाको मादललाई छनोट गर्नु देश र जनताको हितमा हुनेछ ।
नेमकिपाको घोषणापत्रमा समाजको नेतृत्व अर्थतन्त्र सञ्चालनमा हुनुपर्ने उल्लेख छ भने शासकवर्गका दलहरूको घोषणापत्रमा निजी क्षेत्र (अर्बपति र खर्बपति) लाई देशको साधन र सेवा कब्जा गराउने उल्लेख छ ।
नेमकिपाको घोषणापत्रमा भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको खण्डन गरिएको छ । भारतीय विस्तारवादले नेपालको भूमि सुस्तादेखि कालापानी, लिपुलेक र लिम्पियाधुरासम्म अतिक्रमण र अमेरिकी साम्राज्यवादले इराक, लिवियादेखि युक्रेन, प्यालेस्टिन, भेनेजुयला, इराक, क्युवा, ग्रीनलैन्डसम्म भएको हस्तक्षेपको विरोध गरिएको छ ।
नेमकिपाका अग्रजहरू सुस्तामाथि भारतीय हस्तक्षेप र अमेरिकी साम्राज्यवादले भियतनाममाथि आक्रमणको विरोधमा जनप्रदर्शन गर्नुभएको थियो भने केही महिनाअघि नेमकिपाले भेनेजुयलाका राष्ट्रपति माडुरो र उहाँकी पत्नीलाई डकैती शैलीमा अपहरण गरी लागूपदार्थ कारोबारको झूटा मुद्दा चलाएको विरोधमा काठमाडौँमा जुलुस प्रदर्शन ग¥यो ।
शासक दलहरूको घोषणापत्रमा नेपालको भूमिमा भारतीय अतिक्रमण र अमेरिकी साम्राज्यवादको संसारका सार्वभौम देशमाथि हमलाको विरोध गरिएको छैन ।
नेमकिपाको घोषणापत्रमा कृषिलाई आत्मनिर्भर, शिक्षा निःशुल्क, नेपालीको लगानीमा जलविद्युत् उत्पादन, स्वदेशमा रोजगारी, ख्वप विश्वविद्यालय स्थापना, स्वास्थ्य बीमाको रकम भुक्तानी, देशको सन्तुलित विकासबारे उल्लेख छ ।
शासक दलहरूको घोषणापत्रमा यसबारे स्पष्ट उल्लेख छैन ।
नेमकिपाका उम्मेदवाहरू देशभरि नै विजयी भएमा नयाँ पुस्ताको भविष्य सुन्दर हुने, नयाँ युवाको सुरुआत हुने, सुशासन कायम हुने, नयाँ पुस्ताले पुनः सङ्घर्ष गर्न नपर्ने, प्रजातन्त्रको जीत हुने अवस्था परिपक्व हुँदै आउनेछ । अन्यथा भष्मासुरलाई वरदान साबित हुनेछ । नेपाली जनतालाई थप दुःख हुने स्पष्ट छ ।
नेपाल मजदुर किसान पार्टीको सचिव एवं पार्टीको तर्फबाट भक्तपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रेम सुवालले निर्वाचन प्रचारप्रसारको क्रममा राख्नुभएको मन्तव्यको सार :
चाँगुनारायण नगरपालिका वडा नं. ७ स्वास्थ्य चौकी क्षेत्रमा सम्पन्न जनसभा
एउटा आदर्श समाज निर्माण गर्न नेमकिपाका नेता–कार्यकर्ताहरू देश र जनताको निःस्वार्थ सेवा गर्दै हुनुहुन्छ । यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभाको निर्वाचनमा नेपाली जनतासामु नेमकिपाको मादल चुनाव चिह्नमा मतदान गर्नु उत्तम विकल्प हुनेछ ।
नेमकिपाका सबै उम्मेदवार निर्वाचित भएमा पार्टीको घोषणापत्रअनुसार देश र जनताको निःस्वार्थ सेवामा निर्वाचित प्रतिनिधिहरू लागिपर्नेछन् । प्रम, उपप्रम र मन्त्री भएका पार्टीहरूलाई मत दिनु भष्मासुरलाई वरदानजस्तै हुनेछ र दूध पोखरीमा एक थोपा अमिलो राखेजस्तै हुनेछ ।
देशभरिका स्थानीय पालिकाहरूमा नेमकिपाको घोषणापत्रअनुसारका प्रतिनिधिहरू निर्वाचित भएमा भक्तपुर नगरपालिकाले जस्तै विकास निर्माणमा सुशासन कायम हुनेछ ।
अहिलेको पुँजीवादी गणतन्त्रको विकल्प राजतन्त्र नभई अगाडि बढेको समाजवादी गणतन्त्र हुनेछ । पुँजीवादी गणतन्त्रले निजीकरणको निहुँमा उत्पादनका मुख्य मुख्य साधन र सेवा मुठीभरका व्यक्तिको कब्जामा दिनेछ । २५० वर्षको राजतन्त्रले देश र जनताको निःस्वार्थ सेवा गरेन । उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण हुने समाजवादी गणतन्त्र अहिलेको आवश्यकता हो ।
नेमकिपाको आधार कामदार वर्ग हो । साम्प्रदायिक पार्टी र व्यक्तिहरूले नेमकिपाविरुद्ध ‘सहरकेन्द्रित’ र ‘निश्चित जाति’ केन्द्रित आरोप लगाउँदै छन् । यो झूटा हो । नेपाली जनता सचेत हुनु जरुरी छ । नेमकिपाले सार्वभौमिकता रक्षाको आन्दोलनको नेतृत्व गर्दै आएको छ ।
प्याब्सन जिल्ला भक्तपुरको आयोजनामा नेमकिपाका उम्मेदवार परिचय कार्यक्रम
मानव समाजको विकासको सिलसिलाअनुसार दास युग, सामन्ती युग, पुँजीवादी युग हुँदै समाजवाद र साम्यवादी युगमा अगाडि बढ्ने हो । उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण हुने समाजवादी समाजमा अघि बढ्ने सिलसिला रोकिने छैन । यो विषय विद्यालय र विश्वविद्यालयका पाठ्यक्रममा पनि भएको हो ।
संसद्को केन्द्र प्रधानमन्त्री छनोट होइन, देशको नीति, बजेट, कानुन र सन्धि–सम्झौतामा छलफल गर्नु हो । नेमकिपाले संसद्लाई जनताको पिर, मर्का हेर्ने र देश रक्षा गर्ने देशभक्तहरूको जीवन्त बनाउन आवाज राख्दै आएको हो ।
शासक दलहरूले संसद्लाई भत्ता पचाउने, रातो राहदानी बेच्ने, सहुलियत खोज्ने संस्थाको रूपमा अगाडि बढाए । नेमकिपाकै विरोधको कारण सांसदहरूलाई दिएको राजस्व छुटमा विदेशी गाडी खरिदको कानुनी व्यवस्था खारेज भयो भने सांसदलाई पेन्सन सुविधाको कानुन बन्न सकेन ।
नेमकिपाले विद्यालय शिक्षा निःशुल्क र अनिवार्य एवम् विश्वविद्यालय शिक्षा निःशुल्क हुने कानुनी व्यवस्थाको लागि आवाज उठाउँदै छ । यसले सुसंस्कृत समाज बनाउन मद्दत गर्नेछ ।
नेपाल जतिकै भूगोल र जनसङ्ख्या भएको प्रजग कोरियाले समाजलाई बुद्धिजीवीकरण बनाउने अभियान सुरु गरेको दसकौँ भयो भने भूउपग्रह पनि पटक–पटक प्रक्षेपण गर्दै छ । नेपालमा बहुदल र गणतन्त्रको पैतीस वर्षयता सरकारमा प्रम, उपप्रम र मन्त्री भएकाहरूले सियो पनि बनाउन सकेनन् ।
अमेरिकी साम्राज्यवादले सार्वभौम देश भेनेजुयलाका राष्ट्रपति माडुरो र उहाँकी धर्मपत्नीलाई अपहरण गरी लागुपदार्थ कारोबारको झूटा मुद्दा चलाएको संयुक्त राष्ट्र सङ्घको बडापत्रको उल्लङ्घन हो । यो अपहरणविरुद्ध लाखौँ अमेरिकी जनता सडकमा उत्रेर ट्रम्प प्रशासनको जङ्गलीराजको विरोध गर्दै छन् । नेपालमा नेमकिपाले ट्रम्प प्रशासनको भेनेजुयलामाथि आक्रमणको विरोधमा काठमाडौँमा जुलुस प्रदर्शन गरेको हो ।
चाँगुनारायण नपा वडा नं. ५ मा रातोपाटीबाट सुरु भएको घरदैलो कार्यक्रम
संसद् देशको नीति, बजेट, कानुन बनाउने र दुईपक्षीय र बहुपक्षीय सन्धि–सम्झौताबारे छलफल गर्ने थलो हो । नेमकिपाले कृषि, जलविद्युत्, शिक्षा, देशभित्र रोजगारीलाई प्राथमिकतामा राख्नुपर्ने विषयलाई जोड दिँदै आएको हो ।
प्रम, उपप्रम, मन्त्री भएका शासक दलहरूले देश र जनताको निःस्वार्थ सेवा नगरेको हुँदा भदौ २३ र २४ को दुर्घटना गराउनेहरूलाई मौका मिलेको हो । नेपाली जनताले फागुन २१ गतेको चुनावमा शासक दलहरूलाई मत दिनुहुँदैन ।
Leave a Reply