भर्खरै :

धन्न सिन्च्याङ बोस्निया र हर्जगोभिना वा कोसोभो वा सिरिया भएन

मानवअधिकारसम्बन्धि संरा अमेरिकी राज्य विभागको अघिल्लो वर्षको वार्षिक प्रतिवेदनमा चीन, इरान, रुस र उत्तर कोरियालाई मानवअधिकार हननको आरोप थोपर्दै ‘अस्थीरताका शक्तिहरु’ को संज्ञा दिइएको छ । प्रतिवेदनले चीनको सिन्च्याङ र तिब्बती मामिलाको भत्र्सना समेत गरेको छ । प्रतिवेदन सार्वजनिक गर्न एक दिनअघि रेडियो फ्रि एसियाका केही उइगुर जातिका पत्रकारहरुलाई आफ्नो दैनिक समीक्षा बैठकमा बोलाएर सिन्च्याङको अवस्थाप्रति संरा अमेरिकी राज्य विभागले नकारात्मक चर्चा गरेको थियो । राज्य विभागका एक जना सरकारी अधिकारीका अनुसार ग्लोबल म्यागनित्स्की कानुनमार्फत् संरा अमेरिकाले मानवअधिकार उल्लंघनकर्ता देशहरुमाथि कार्यबाही गर्नुपर्ने बताए । ग्लोबल म्यागनित्स्की कानुन रुसका एक जना नागरिक म्यागनित्स्कीको रुसी जेलमा भएको निधनको सन्दर्भमा बनेको संरा अमेरिकी मानवअधिकार कानुन हो । पश्चिमा सञ्चारमाध्यमहरुले क्रियाशील चिनियाँ अधिकारीहरुमाथि संरा अमेरिकाले लगाएको रोकलाई त्यही कानुनीको प्रयोगका रुपमा प्रचार गरेका छन् ।
वाशिङ्टनको वार्षिक मानवअधिकारसम्बन्धि प्रतिवेदन केही अखबारका शीर्षकसम्म बन्न सक्छन् तर त्यसको खास प्रभाव भने ओरालोलाग्दो छ । पश्चिमा मानवअधिकार प्रणालीमा धेरै र बढ्दो सङ्ख्यामा गम्भीर कमजोरीहरु देखापरेका छन् । कुनै समय विकासशील देशहरुका सन्दर्भमा जुन विषयलाई मानवअधिकार उल्लंघन भनी पश्चिमले औंला ठड्याउने काम गरेको थियो, आज पश्चिमा देशहरुमा त्यस्तै घटनाहरु भइरहेका छन् । उदाहरणको लागि उनीहरु(पश्चिमा देशहरु)ले सामाजिक सञ्चारको व्यवस्थापनलाई कसिलो बनाउनुपर्दछ र सिमानाको स्वतन्त्रतामा अझ बढी ध्यान दिनुपर्दछ । संरा अमेरिकामा बन्दुकको स्वामित्व गम्भीर मानवअधिकार उल्लंघनको कारण बनेको छ । यसप्रति विश्वव्यापी ध्यानाकर्षण पनि भएको छ ।
मानवअधिकारसम्बन्धि पश्चिमा मान्यताको विश्वव्यापी बिस्तारको लागि डोनाल्ड ट्रम्प सरकारले समर्थनको वृत्तलाई साँघुरो बनाएको छ । गैरसरकारी संगठनहरुका लागि आर्थिक सहयोग कोष कटौती गरिएको छ । विकासशील देशहरुका पश्चिम समर्थकहरुले विगतभन्दा कम मात्र भौतिक सहायता पाउन थालेका छन् । पश्चिमले ‘प्रजातन्त्र’ निर्यात गरेका देशहरु लिविया, इराक र अफगानिस्तान अराजकताको आगोमा जलिरहेकै छन् । संरा अमेरिका र युरोपको हस्तक्षेपका कारण आज सिरिया मानवीय सङ्कटबाट प्रताडित छ । जसले मानवअधिकारसम्बन्धि पश्चिमा मान्यता अविश्वसनीय बनाइदिएको छ । तेस्रो विश्वका देशका जनताको मानसपटलमा पश्चिमाहरुले सरकारको विरोध गर्नेहरुका अधिकारबारे मात्र चासो राख्ने र पश्चिमाले फलाक्ने मानवअधिकार सर्वसाधारण जनताको आवश्यकतामा आधारित नहुने गरेको भन्ने प्रभाव परेको छ । पश्चिमा विश्व मानवअधिकारलाई राजनीतिको रुपमा उपयोग गरिरहेको छ ।
चीनमा सुधार र खुलापनाको नीति लागु भए यता चीनको आर्थिक तथा सामाजिक विकाससँगै मानवअधिकारको अवधारणाले ऐतिहासिक फड्को मारेको छ । केही उग्रवादी मानिसहरुबाहेक चीनका बहुमत जनताले परिवर्तन महसुस गर्नुको साथै परिवर्तनको फल पनि चाखेका छन् ।
मानवअधिकारसम्बन्धि चिनियाँ जनताको बुझाई पश्चिमा बुझाई भन्दा फराकिलो छ । समृद्ध जीवन, सामाजिक स्वच्छता, सफा सार्वजनिक शौचालय, आरामदायी यात्रा र गरिब भएकै कारण कहीं कतै पनि आफू तल परेको महसुस गर्न नपर्ने अवस्था सबै मूर्त मानवअधिकारहरु हुन् । पश्चिमा मानवअधिकारलाई बहिस्कार गर्न सकिन्न तर पश्चिमले त्यसलाई चीनविरुद्धको हतियारको रुपमा प्रयोग गर्नु उद्देकलाग्दो छ ।
सिन्च्याङ मामिला जटिल विषय हो । स्वशासित क्षेत्रभित्र अस्थिर ठाउँमा शान्ति सुव्यवस्था कायम गर्नु आवश्यक छ । स्थायित्व कायम गर्न र सुरक्षामा सुधार ल्याउन सिन्च्याङले धेरै ठूला उपलब्धि हासिल गरिसकेको छ । सिन्च्याङ अर्को बोस्निया र हर्जगोभिना वा कोसोभो वा सिरिया बनेन, यो सौभाग्यको कुरा हो । सिन्च्याङका आदिबासी समूहहरुमा भएको प्रगतिप्रति अमेरिकीहरुको कुनै चासो छैन । उनीहरुको प्रमुख चासोको विषय नै कसरी हलो अड्काउने भन्ने हो । चीनको कुटनीतिक र घरेलु मामिलामा हलो अड्काउन आफ्नो भाष्यको प्रभुत्ववाद प्रयोग गर्नुमै अमेरिकीहरुको चासोको विषय हो । तथापि चीनको मानवअधिकार रेकर्डमा क्रमशः प्रगति भइरहेको छ । पश्चिमको मूल्याङ्कनले त्यसमा कुनै असर पार्नेछैन ।
ग्लोबल टाइम्स, अप्रिल २३,२०१८

Leave a Reply

Your email address will not be published. Required fields are marked *