छ महिनासम्म युद्ध लड्न सक्ने इरानको दाबी
- फाल्गुन २५, २०८२
पेइचिङ, २ मार्च (एएफपी) । चीनले मध्यपूर्वमा दिनानुदिन भड्किरहेको द्वन्द्व अन्त्यका लागि युद्धविराम तथा कूटनीतिक वार्ताको माध्यम प्रयोग गर्न आह्वान गरेको छ ।
माओ निङले इरानका सर्वोच्च नेताको आक्रमण र चोटपटकले इरानको सार्वभौमसत्ता र सुरक्षाको गम्भीर उल्लङ्घन गरेको, संयुक्त राष्ट्र सङ्घको बडापत्रको उद्देश्य र सिद्धान्तहरू र अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यताहरूलाई कुल्चेको भन्दै चीनले यसको दृढतापूर्वक विरोध र कडा निन्दा गरेको बताउनुभयो । चीनले सैन्य कारबाही तत्काल बन्द गर्न, तनावलाई थप बढ्नबाट जोगाउन र मध्यपूर्व र विश्वमा शान्ति र स्थिरताको संयुक्त रूपमा रक्षा गर्न आग्रह गरेको उहाँले बताउनुभयो ।
हाल इजरायल र संयुक्त राज्य अमेरिकाले इरान र लेबनानमा निरन्तर आक्रमण गर्दै आएका छन्, भने द्वन्द्व क्षेत्रीय छिमेकी देशहरूसम्म फैलिएको छ । विदेश मन्त्रालयका प्रवक्ता माओ निङले सोमबार पत्रकार सम्मेलनमा बोल्दै द्वन्द्व अन्त्यका लागि सबैभन्दा पहिले सैन्य कारबाही रोक्नुपर्ने जनाउँदै वार्ताको माध्यमबाट समस्याको समाधान गर्न आग्रह गर्नुभएको छ ।
द्वन्द्वमा परी एक जना चिनियाँ नागरिक मारिएको उहाँले बताउनुभएको छ । इजरायल र संयुक्त राज्य अमेरिकाको आक्रमणबाट इस्लामिक गणतन्त्रको सर्वोच्च नेता मारिएका छन् भने आक्रमण जारी छ ।
विदेश मन्त्रालयले इरानस्थित चिनियाँ दूतावासलाई पीडित व्यक्ति र उनका परिवारलाई सहयोग गर्न निर्देशन दिएको माओले बताउनुभएको छ ।
पेइचिङले गत हप्ता आफ्ना नागरिकहरूलाई वर्तमान सुरक्षा अवस्थाको बारेमा सजग गराउँदै इरानको यात्रा नगर्न चेतावनी दिएको थियो । यसैबिच सोमबारसम्म तीन हजारभन्दा बढी चिनियाँ नागरिकले इरान छोडेर गएको जनाइएको छ ।
इरानको रिभोलुसनरी गार्डस्ले इजरायल र अमेरिकाविरुद्ध इतिहासमा सबैभन्दा भयानक अपरेसन सुरु गर्ने चेतावनी दिएको छ ।
Leave a Reply