क्युवाले डाक्टर पठायो, वाशिङटनले एउटा डिस्ट्रोयर !
- बैशाख ४, २०८३
मुलुकमा रूपान्तरणको खाँचो सवैले मनन गरेको विषय हो । यो आज मात्र होइन, विगत दशकौँ अगाडि देखिको आम जनताको चाहना हो । रूपान्तरण अर्थात् जनताका आधारभूत आवश्यकताको रूपमा रहेको गाँस, बास र कपासमा सजिलै पहुँच र अन्य सुविधाका विषयहरूमा पहुँचको आशालाग्दो वातावरण । जनताका आधारभूत आवश्यकताका रूपमा रहेका गाँस, बास र कपास समेत प्रदान गर्न नसकेका विगतका सरकारहरू आज पुनः त्यसैको लागि भन्दै जनतासमक्ष मत मागिरहेका छन् । अब त, हामीले खोजेको न्यूनतम आवश्यकता पूरा होला कि भन्ने समयको प्रतिक्षा गर्दा गर्दै जीवनको समयले नेटो कटेको चालै नपाई बुढ्यौलीको ढपक्क छोपेका नागरिकहरू आज पनि ज्यूँदै होलान्, जसले बालकैमा सजाएका सपना आजपर्यन्त पूरा गर्न सकेका छैनन् ।
देशमा प्रजातन्त्र हुँदै लोकतन्त्र आयो । लोकतन्त्र हुँदै गणतन्त्र आयो । समयसँग सँगै जनताले नयाँ– नयाँ सपना देखे । पेटभरी खान पाउने अभिलाषामा जीवन निर्वाह गर्दै गरेका कैयौँ भोका पेटहरूले व्यवस्थासँगै अवस्थामा परिवर्तन होला भने सपना देख्नु अस्वाभाविक पनि होइन । एकसरो राम्रो कपडा लगाएर आप्mनो जीउ ढाक्ने सपना देखेका नागरिकहरूले पनि दशकौँसम्म आप्mनो सपनालाई केवल मनमा सजाए तर सफलता पाउन सकेनन् । बासको लागि केही नलागेपनि पाटी पौवामा रात कटाउन विवश यही मुलुकका नागरिकहरूका लागि भन्ने न प्रजातन्त्र आएको अनुभूति गर्न सक्ने अवस्था आयो न गणतन्त्रले जीवनमा परिवर्तनको आशा जगायो । तिनीहरूसँग केवल आशाको त्यान्द्रोभन्दा केही थिएन र छैन । हरेक पटकको निर्वाचनमा देखाएका सपनाको त्यान्द्रो, जुन अहिलेसम्म पाउन सकेका छैनन् । के थाहा, तिनीहरूलाई, ठुला शासक दलहरूले केवल भोट बैङ्क मात्र बनाउने गरेको भनेर । सोझा जनता, ठुलाले जे भन्यो पत्याइदिने । यही अवस्था आजसम्म पनि मुलुकमा चलेकै छ ।
आज पुनः निर्वाचनको सङ्घारमा तिनीहरूका सपनामा एकपटक ध्याङ्ग्रो ठोक्ने काम भएको छ । अर्थात् गाँस, बास र कपडाको त्यो उहिलेदेखिको आशाको त्यान्द्रो फेरी झुण्डिएको छ । शासक दलका नेताहरूले पटक–पटक झुक्याइसकेकाले जनता अब तिनीहरूलाई विश्वास गर्ने पक्षमा देखिंदैन । यद्यपि नयाँ आवरणमा आएका ती पुरानै विकृत अनुहारहरूले फेरि झुक्याउने काम गरिरहेका छन् । पुरानो होइन अब नयाँ भएका आएको प्रचार गर्ने अस्त्रसिवाय तिनीहरूसँग केही बाँकी छैन त्यसैले त जनता गुनासो गर्दैछन्, ‘सिसी फेरिए रक्सी त पुरानै हो ।’
अबको केही दिनमा निर्वाचन हुँदैछ । निर्वाचन जति जति नजिकिंदै आएको छ, त्यति नै तिनीहरूमा डर पैदा भएको पनि सचेत जनताले सजिलै अनुमान गरिरहेका छन् । हिजोका दिनमा जनताले मत दिएर जिताएका नेता कार्यकर्ताहरू फेरि जनताको बिचमा नपुगेको गुनासो सुनाउन आतुर भएका जनताहरूले आज ठाउँ ठाउँबाट तिनीहरूलाई प्रश्न सोध्दैछन् । हिजोका बाचाहरू कता हराए ? हिजोका घोषणापत्रहरूमा कतिप्रतिशत काम सम्पन्न ग¥यौ ? जनताको दैनिक जीवनस्तर माथि उठाउन के– के कामहरू ग¥यौ ? नेपाल र नपाली जनताको अहितमा हुने एमसीसी र एसपीपी सम्झौताहरू किन संसदबाट पास ग¥यौ ? किन महाकाली सन्धि जस्ता अन्य सन्धिहरूमा हस्ताक्षर गरेर देशलाई बर्बाद बनायौ ? आदि जिज्ञासाहरू जनताको तर्फबाट शासक दलका नेताहरूलाई गर्दैछन् । जसको जवाफ दिन तिनीहरूले सकिरहेका छैनन् । यो जनताको राजनीतिक चेतनास्तर माथि उठेको ज्वलन्त उदाहरण हो ।
हो, निर्वाचनका क्रममा झुट्ठा आश्वासन दिने नेताहरू, आफूले पूरा गर्न नसकिने भए तापनि आश्वासन बाँडेर भोट बैङ्क बनाउनेहरू, अनि काम एउटा र कुरा अर्को गर्ने नेताहरूलाई जनताले यसैगरी आत्थु–आत्थु पार्नुपर्दछ । जनताले मलाई भोट दिइहाल्छन नि, भन्ने भ्रममा रहेका नेताहरूलाई सवक सिकाउने उपयुक्त समय नजिकिंदैछ । मतदाताहरूलाई प्रभावित पार्नका लागि तिनीहरू अनेक प्रकारका आकर्षक नाराहरू सडकमा गुञ्जाउने प्रयास गर्दै छन् । तर सचेत जनताले आज तिनीहरूको पनि मापन गर्दैछन् । तिनीहरूको भनाइ र गराइको ठुलो परिवर्तनले चिन्ने वातावरण बनाइसकेको छ । यस अर्थमा यसपटकको निर्वाचन विगतको निर्वाचन भन्दा महत्वपूर्ण मानिएको छ ।
त्यसो त, आउँदै गरेको निर्वाचनलाई गत भाद्र २३ र २४ गतेको घटनासँग जोडिएर हेर्ने र सोही अनुसार प्रचार गर्ने जमात कमी छैन । कतिपयले यस निर्वाचनलाई सिंहदरबार जलाउने र देश बचाउनेको प्रतिस्पर्धा भनिरहेका छन् । यसैगरी तात्कालीन समयमा भएको घटनामा दजनौँको हत्या भएको विषयलाई समेत चुनावी नारा बनाउँदै यसलाई हत्याराको सरकारविरुद्ध राष्टभक्तहरूको प्रतिस्पर्धा पनि भनिरहेका छन् । तर, समग्रमा भाद्र २३ र २४ गतेको घटना विदेशी शक्तिको आडभरोसामा भएको बौद्धिक जमातको विश्लेषण अनुसार पनि आउँदो निर्वाचन देशभक्त नेताहरू र देशलाई सिक्किमीकरणको बाटोमा लान उद्यतहरूबिचको प्रतिस्पर्धाको रूपमा अथ्र्याउने गरेको पनि पाइन्छ । साथै आउँदो निर्वाचन पुँजीवादी दलहरू विरुद्ध समाजवादी विचार अँगाल्ने दलहरूको प्रतिस्पर्धाको रूपमा अथ्र्याउने जमात पनि नेपालमा कम छैन ।
आशा गरौँ, आउँदै गरेको निर्वाचनले नेपाल र नेपालीको भविष्यलाई सुनिश्चित गर्न सकियोस् । देश र जनताप्रति इमानदार र बफादार उम्मेदवारहरू चिन्न र त्यसको विजयका साथै मतदाताले आप्mनो र आप्mनो सन्ततिको लागि योग्य उम्मेदवारलाई विजयी बनाउन सकियोस् । ठुला दलले गरेको विगतका सम्पूर्ण गलत गतिविधि र क्रियाकलापको सजाय दिने उपयुक्त समय निर्वाचनलाई लिने गरिन्छ । तिनीहरूका गलत कामको मतदान प्रक्रियाबाट सजाय दिन सक्नु नै जनताको विजयको सुरुवात हो । आ आप्mनो निर्वाचन क्षेत्रमा मत माग्न आएका दलका प्रतिनिधिको विगत र वर्तमानलाई नियालेर मात्रै मत दिने विषयमा अन्तिम निर्णय गरौँ । नयाँ दल भन्दैमा उसको विचार नयाँ नहुन सक्दछ भने पूरानो दल भन्दैमा उसको विचार पूरानो नहुन सक्दछ । बैचारिक रूपमा अध्ययन गर्ने बानीको विकास गर्न सकियो भने मात्र असल र खराबको मापन सही अर्थमा हुनेगर्दछ । राजनीति विचार प्रधान हुने गर्दछ । राजनीतिमा लोकप्रियतावाद क्षणिक हुने विषय देशका विगतका विभिन्न घटनाक्रमले सिद्ध बनाइसकेको छ भने राजनीतिक दलको बैचारिक स्खलनले देशको अवस्था दिनप्रतिदिन अद्योगतिमा लागेको छ । यी दुबै विचार पुँजीवादी विचारहरू हुन् । तसर्थ, विचारमा अडिग र सिद्धान्त अनुसारको व्यवहार गर्ने राजनीतिक दल र त्यसका नेतालाई चिनेर त्यसको निर्वाचन चिन्हमा ढुक्कले मतदान गरौँ । मतदाताको एक मत पनि आप्mनो सम्मान र गौरव गर्न लायक बनोस् । आफ्नो अमूल्य मत भ्रष्ट र देशद्रोहीका लागि देशविरोधी गतिविधि गर्ने लाइसेन्स नबनोस् ।
Leave a Reply