भर्खरै :

संरा अमेरिका र इजरायलले इरानमाथि गरेको हमला सभ्यताको लडाइँसँग सम्बन्धित छ !

संरा अमेरिका र इजरायलले इरानमाथि गरेको हमला सभ्यताको लडाइँसँग सम्बन्धित छ !

हालैको संरा अमेरिका र इरानको सङ्घर्ष सारमा दुई सभ्यताको सङ्घर्ष हो । संरा अमेरिकाले पश्चिमी साम्राज्यवादी पक्षको प्रतिनिधित्व गर्छ भने इरानले मध्यपूर्व सभ्यताको प्रतिनिधित्व गर्छ । पश्चिमी साम्राज्यवादी शक्तिले मध्यपूर्वको प्राकृतिक स्रोत कब्जा गर्न ती देशहरूमाथि आक्रमण गरेको थियो भने एक समय त्यसबेला पश्चिमी सभ्यताको प्रतिनिधित्व गर्ने शक्ति बेलायतले गरेको थियो । बेला बेलामा पश्चिमी शक्तिले एक्ला एक्लै आक्रमण ग¥यो भने कहिलेकाहीँ सबै मिलेर आक्रमण गर्थे – मध्यपूर्वी देशहरूमा । सारमा ती आक्रमणहरू मध्यपूर्वी क्षेत्रको सभ्यतामाथिको निरन्तर आक्रमण र कब्जा थियो ।

…..

पश्चिमी साम्राज्यवादी शक्तिले मध्यपूर्वको क्षेत्रमा आपसमा धर्म र जातिलाई लिएर आपसमा झगडा गर्न भित्रभित्र दुवैतिर सहयोग गथ्र्यो भने अनि कमजोर शक्तिहरूमाथि कब्जाको नीति लिन्थ्यो त कहिले पश्चिमीहरू मिलेर बलियो यस क्षेत्रको शक्तिमाथि चौतर्फी हमला गर्थे र सबै देशहरूमाथि टुक्रा टुक्रा गर्दै शासन गर्थे ।
तर, आज दोस्रो विश्व युद्धपछि पश्चिमी शक्तिले पूर्वमा आ–आफ्ना उपनिवेशलाई पुनः प्राप्तिको निम्ति व्युह रचना गर्दै ठुलो युद्धको योजना बनाएको रणविद्हरूले आँकलन गरेका छन् । पश्चिमी देशहरूले पहिलो र दोस्रो विश्वयुद्ध झेले, अब तेस्रो विश्वयुद्ध झेल्न नसक्ने हुँदा तिनीहरू क्षेत्रीय युद्धलाई पूरै एसियाको विशाल युद्धमा फेर्न चाहन्छन् र त्यसको नेतृत्व पश्चिमबाट अमेरिकी साम्राज्यवादले हाँक्दै गरेको प्रस्ट छ ।
एसियामा ठुलो युद्ध छेड्नको निम्ति कमजोर अरू देशमाथि धम्काएर र प्राकृतिक स्रोतमा सम्पन्न देशहरूमाथि पनि दबाब दिएर अमेरिकी सैनिक अखडाहरू राख्दै गएको सर्वविदित छ । इरानले यसअघि नै भनेको हो – आफूमाथि अमेरिका र इजरायलले आक्रमण गरेमा जोर्डन, कतार, कुवेत, यूएई, बहराइनको अमेरिकी सैनिक अखडाहरूमा आक्रमण गर्ने भनेर ।
आज अमेरिकाले इराक र सिरियापछि इरानमाथि आक्रमण ग¥यो । मध्यपूर्वका देशहरूको आपसी झगडाबाट फाइदा उठाएर अमेरिकी राष्ट्रपति ट्रम्पले ‘धर्मको नाममा आतङ्क मच्चाउन पाउँदैनौ भनीदिँदा भोलिपल्टदेखि नै ती अमेरिकी अखडा भएका देशहरूसँग अर्बौँ र खर्बौँ डलरको हतियारको व्यापारमा हस्ताक्षर गर्न बाध्य पारे ।
संसारमा अमेरिकी सामान नबिकेर वा युद्धहरू कम हुँदा सबभन्दा नाफाको व्यापार सशस्त्रहरूलाई निर्यात गर्ने र व्यापार गर्ने उद्देश्यले पुनः युद्ध सुरु गरेर थप नयाँ नयाँ हतियार बनाउने उद्देश्य राखेर युद्ध सुरु गर्दै छ ट्रम्पले ।

…..

अन्ततः जीउभरि हतियार बोकेर एसिया–प्रशान्त क्षेत्रका नयाँ शक्ति सन्तुलनको नाममा थप युद्धको तयारी गर्दै गरेको अनुभव रणविद्हरूको छ । भारत–अस्ट्रेलिया र जापानसँग बेलायतलाई पुनः यस क्षेत्रमा ल्याउने सम्भावना देखिँदै छ भन्ने मत पनि बरोबर सुनिँदै छ । हेरौँ – समयले के के देखाउला !
तलको नक्साले मध्यपूर्वको स्थितिलाई प्रस्त गर्नेछ :

Leave a Reply

Your email address will not be published. Required fields are marked *